प्रकाश मानव अधिकार पुरस्कारबाट बैतडीका भुल सम्मानित
नेपाल लाइभ डटकम । २०७९ साउन १७ गते
काठमाडौं– २८ औँ प्रकाश मानव अधिकार पुरस्कारबाट राजुराम भुल सम्मानित भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको ३० औँ स्मृति दिवसका अवसरमा २८ औँ प्रकाश मानव अधिकार पुरस्कार–२०७८ बाट बैतडीका सामाजिक अभियन्ता भुललाई सम्मानित गरिएको हो। इन्सेकले काठमाडौँमा सोमबार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र ईन्सेककी अध्यक्षय डा. ईन्दिरा श्रेष्ठले सम्मानपत्र, ताम्रपत्र र नगद ५० हजार रूपियाँसहित इन्सेकको प्रतीक प्रदान गरी भुललाई पुरस्कृत गरिएको हो। अभियान्ता भुल हलिया मुक्ति आन्दोलन, मानव अधिकारको सम्बर्धन र सामाजिक न्यायका पक्षमा विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर क्रियाशील छन्।
HUMAN RIGHTS NEWS PORTAL






