प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न

नेपाल खबर डटकम । २०८२ असोज १० गते

नेपालगन्ज । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको अयोजनामा मानव अधिकार रक्षक सञ्जालको बैठक नेपालगञ्जमा सम्पन्न भएको छ ।

उक्त बैठकले मानवअधिकार रक्षक सञ्जालको पहुँच बृद्धिका लागि भन्दै पुर्नगठन समेत गरेकोछ । सो सञ्जालमा जिल्लामा अधिकारका क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्था, अधिकारकर्मी, अधिवक्ता, पत्रकार, बालक्लब तथा युवा सञ्जालका २५ जना प्रतिनिधित्व रहेकोछ ।

समुदायमा अझै प्रभावकारी सूचना पुग्न नसकेकोले ग्रामीण भेगका पीडितहरुको न्यायमा पहुँच पु¥याउन सञ्जालको पुर्नगठन गरिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले जानकारी दिए । उनका अनुसार सूचनामा पहुँच पु¥याउन र मानवअधिकार सञ्जालको थप प्रभावकारिताका लागि पुर्नगठन गरिएको हो । 

उनका अनुसार पीडितलाई न्यायमा पहुँच पु¥याउन इन्सेकले हेल्पडेस्क स्थापना गरी विभिन्न संघसंस्था, अधिकारकर्मी, नागरिक समाज, स्थानीयस्तर र ब्यक्तिगत तथा कानूनी विज्ञहरुको सिफारिसमा न्यायमा पहुँचका लागि आर्थिक तथा मानवीय सहयोग गर्दै आएको छ। छिटै इन्सेकले २४ सैं घण्टा सञ्चालनमा आउने टोल फ्रि सञ्चालन गर्दैछ ।

सो बैठकमा सहभागीहरुले स्थानीयस्तरमा गठन भएको सञ्जालमार्फत नागरिक समाजको सवालमा सञ्जालको भूमिका महत्वपुर्ण रहेको बताएका थिए । उनीहरुले स्थानीय तहसँग समन्वय गरी बजेट ब्यवस्थापन, परिचालन गर्न सके समुदायमा मानवअधिकारसंगै अपराध नियन्त्रणमा सहयोग पुग्ने धारणा राखेका थिए ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जकी प्रमुख द्वारिका अधिकारीले स्थानीय निकायमा न्यायिक समिति रहेकाले धेरै कुरा त्यहीबाट सम्पादन हुने हुँदा सो बारे अझै जनचेतना बढाउन आवश्यक रहेको बताईन् । 

माइती नेपालका केशव कोइरालाले अझै समुदायमा अपेक्षा अनुसार न्यायमा पहुँच पुग्न नसकेको अवस्थालाई इगिंत गर्दै घरेलु हिंसा र यौनहिंसाका धेरै घटनाहरु बाहिर आउन नसकेको बताए । उनले  बालबालिकामा स्वइच्छिक विवाह ह्वात्तै बढेको भन्दै चिन्ता ब्यक्त गरे । बालबालिका हराएको सूचना ढिलो प्राप्त हुँदा खोजी गर्न अप्ठायारो हुने गरेको कोइरालाले बताए । 

सोक्रममा मानवअधिकार एलायन्स लुम्बिनी प्रदेश प्रभातकुमार ठकुरी, गैसस बाँकेका सचिव रमेश सिटौला, फेडो बाँकेको अध्यक्ष निर्मला विक, कृष्णमुरारी भट्ट लगायतले आफ्ना धारणा राखेका थिए ।

Source: rb.gy/dt62mo