बागमतीमा मानव अधिकारको अवस्था र रणनीतिबारे इन्सेकको सरोकारवालासँग छलफल

समाचार विचार डटकम । २०८२ चैत ५ गते

हेटौंडा । इन्सेकले बागमती प्रदेशमा मानव अधिकारको वर्तमान अवस्था र आगामी रणनीतिबारे सरोकारवालासँग छलफल गरेको छ।
बुधबार हेटौंडा–१० स्थित सामाजिक विकास मन्त्रालयमा आयोजित भेटघाटमा प्रदेशका सामाजिक विकास मन्त्री कन्चन वादे सँग मानव अधिकारको अवस्था, हालसम्म भएका काम तथा आगामी दिनमा गर्नुपर्ने पहलका विषयमा विस्तृत छलफल गरिएको थियो

सो अवसरमा इन्सेकका प्रतिनिधिहरूले प्रदेशमा मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि संस्थाले गर्दै आएका गतिविधि र भविष्यका योजनाबारे जानकारी गराएका थिए।
त्यसैगरी, टोलीले अप्सरा चापागाईं (मुख्य न्यायाधिवक्ता, बागमती प्रदेश) र श्याम बहादुर खत्री (एसपी, जिल्ला प्रहरी कार्यालय मकवानपुर) सँग समेत उनीहरूको कार्यकक्षमै भेटघाट गरी मानव अधिकारको वर्तमान अवस्था तथा आगामी कार्यदिशाबारे छलफल गरेको जानकारी दिएका छन् ।
भेटघाट कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेल,इन्सेक निर्देशक मदन पौडेल,बरुण बस्याल लगायत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सो क्रममा इन्सेकले आफ्नो “वर्ष पुस्तक २०२६” सहित अन्य प्रकाशनहरू पनि सरोकारवालाहरूलाई हस्तान्तरण गरेको थियो।

Source: https://samacharbichar.com/news/9588/