मानव अधिकार सहायता कक्ष मार्फत २९ पीडितलाई आर्थिक सहयोग
कैलाली खबर डटकम । २०८२ पुस १६ गते
धनगढी । कैलालीको धनगढीमा मानव अधिकार सहायता कक्ष सवलीकरण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले मानव अधिकार सहायता कक्षमार्फत स्थानीय तह तथा विभिन्न संघ–संस्थाको सिफारिसमा हिंसामा परेका महिला तथा बालिकालाई कानुनी प्रक्रियामा सहजता ल्याउन आर्थिक सहयोग गर्दै आइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “इन्सेकको बजेटबाट गरिने यो सहयोग इन्सेकको मात्र नभई सिफारिस गर्ने सबै संघ–संस्थाको साझा अपनत्व रहनेछ । आगामी दिनमा पनि पीडितलाई न्यायमा पहुँच दिलाउन सहयोग निरन्तर रहनेछ ।”
गैरसरकारी संस्था महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा मानव अधिकार सहायता कक्षका संयोजक देवीप्रसाद खनालले मानव अधिकार सहायता कक्षमार्फत घरेलु तथा यौन हिंसामा परेका आर्थिक रूपमा कमजोर पीडितलाई न्यायिक प्रक्रियामा सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार जनवरी २०२५ देखि डिसेम्बर २०२५ सम्म १८ जना पीडितका फाइल अनुमोदन भइसकेका छन् भने थप ११ जना पीडितका फाइल अनुमोदन प्रक्रियामा रहेका छन् ।
संयोजक खनालले चालु वर्षमा कुल २९ जना पीडितलाई प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभयो । तीमध्ये १७ जना बलात्कार पीडित, नौ जना घरेलु हिंसा पीडित, दुई जना मानव बेचबिखन पीडित तथा एक जना हत्या घटनाका पीडित रहेका छन् ।
HUMAN RIGHTS NEWS PORTAL






