राेम विधान अनुमाेदनकाे माग गर्दै कास्कीका १८ अधिकारवादी संस्थाहरूले बुझाए ज्ञापनपत्र
सफल आवाज डटकम । २०७९ साउन २ गते
पाेखरा, २ साउन । पाेखराका विभिन्न १८ वटा मानव अधिकारवादी संघ, संस्थाहरूले राेम विधान अनुमाेदनकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाइ ज्ञापनपत्र बुझाएका छन् । गैसस महासंघ नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी, शान्तिका लागि नागरिक समाजकाे संजाल पाेखरा, मानव अधिकार एलाइन्स, उच्च तथा जिल्ला बार एसाेसिएसन पाेखरा, मानव अधिकार संरक्षण मञ्च, एमनेष्टि इन्टरनेशनल लगायतका विभिन्न संघ तथा अधिकारवादी संस्थाहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाकाे अवसरमा रोम विधान अनुमोदन गर्न नेपाल सरकार समक्ष माग गरेका हुन् ।

रोम विधान पारित गरिएको दिन १७ जुलाइको स्मरणमा संसारभर मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसले दण्डहीनताको अन्त्य गरी पीडितको न्याय सुनिश्चितताका लागि रोम विधान अनुमोदन गर्न माग गरिएको प्रस्तुत ज्ञापनपत्रमा उल्लेख छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान सन् १९९८ को जुलाई १७ देखि सम्मेलनका लागि खुला गरिएको थियो । यो विधान संसारका १२३ राष्ट्रले अनुमोदन गरिसकेका छन् ।
HUMAN RIGHTS NEWS PORTAL






