रोम विधान अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र
सुधार न्यूज डटकम । २०८३ साउन १ गते
कुम पश्चिम -१ । अन्तर्राष्ट्रिय फौजदारी अदालत सम्बन्धी रोम विधान अनुमोदनको माग गर्दै रुकुम पश्चिमका मानवअधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिले आज प्रमुख जिल्ला अधिकारी निशानराज गौतम मार्फत प्रधानमन्त्री बालेन्द्र साहलाई ज्ञापन पत्र बुझाएका छन्।
मानवअधिकार संजालका प्रतिनिधि अधिवक्ता गणेश हमाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधि जीवन खड्का, गैसस महासंघका अध्यक्ष भीमराज ओली, नेपाल बार एसोशिएसनका जिल्ला सचिव टेक बहादुर खड्का, र अन्तर पार्टी महिला संजालका अध्यक्ष हिमकुमारी केसी लगायतले हस्ताक्षर गरिएको ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ गौतमले रोम विधान अनुमोदन सम्बन्धी नागरिक समाजको यो मागलाई तत्काल सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता गरेका छन् । साथै उनले मुलुकमा संक्रमणकालीन न्यायसँग जोडिएका कतिपय विषयलाई सकेसम्म चाँडो समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए ।
Source: https://shorturl.at/jePeD
HUMAN RIGHTS NEWS PORTAL






