लोकतन्त्रको स्थायित्वको लागी निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया धनगढीमा सम्पन्न
कैलाली खबर डटकम । २०८२ माघ २१ गते
सुखड । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । ‘स्वच्छ निर्वाचनका लागि नागरिक अभियान’ भन्ने मूल नाराकासाथ स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गएिको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले स्वच्छ निश्पक्ष र पारदर्शी रुपमा निर्वाचन सम्पन्न गर्न राजनीतिक दल, नागरिक समाज, पत्रकार, सुरक्षा निकाय सबैको दायित्व रहेकाले सबैले आ–आफ्नो ठाउँबाट निर्वाचन आचारसंहिता उल्लङ्घन गरे नगरेको अनुगमन गर्न आवश्यक रहेको बताउनु भयो ।
‘स्वच्छ निर्वाचनका लागि नागरिक अभियान’ भन्ने मूल नाराकासाथ स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गएिको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले स्वच्छ निश्पक्ष र पारदर्शी रुपमा निर्वाचन सम्पन्न गर्न राजनीतिक दल, नागरिक समाज, पत्रकार, सुरक्षा निकाय सबैको दायित्व रहेकाले सबैले आ–आफ्नो ठाउँबाट निर्वाचन आचारसंहिता उल्लङ्घन गरे नगरेको अनुगमन गर्न आवश्यक रहेको बताउनु भयो ।
नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले लोकतान्त्रिक व्यवस्थालाई व्यवस्थित गर्न र नयाँ जनादेशका लागि निर्वाचन महत्वपूर्ण हुने भएकोले सबै राजनीतिक दलहरुले इमान्दारीपूर्वक आफ्नो नयाँ योजना घोषणा पत्रमा उल्लेख गरी आचारसंहिता कार्यान्वयन गर्नु पर्ने बताउनु भयो ।
इन्सेक केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत तथा सूचना अधिकारी कृष्ण गौतमले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको परिणाम स्वरुप फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, निश्पक्ष, पारदर्शी र भयरहित वातावणमा सपन्न गर्नका निम्ति नागरिक समाजले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निर्वाचनको अनुगमन गर्न आश्वयक रहेको बताउनु भयो ।
नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दले निर्वाचन सभ्य र भव्य बनाउन निर्वाचन आचारसंहिता लागु भएदेखि आचारसंहिता कार्यान्वयन भए नभएको र शान्ति सुरक्षा कायम गर्नका लागि सम्बन्धित निकायले कडाईका साथ निगरानी गर्नु पर्ने बताउनु भयो ।
नेपाली कांग्रेस, कैलालीका प्रचार विभागका प्रमुख तपेन्द्र भुषालले कारागारबाट भागेका कैदीबन्दीहरुको कारण र सामाजिक सञ्जालमा भ्रामक प्रचारप्रसारका कारण मतदाताहरुमा असुरक्षा बढेको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका निमित्त प्रमुख झंकरबहादुर रावलले निर्वाचन अनुगमन तथा समग्र मानव अधिकारको अनुगमन गर्नु राष्ट्रिय मानव अधिकार आयोगको संवैधानिक दायित्व रहेकाले नियमित अनुगमन गरिरहेको र हालसम्म निर्वाचन आचरसंहिता उल्लङ्घनका कुनै पनि घटना नआएको बताउनु भयो ।
फाया नेपालकी अध्यक्ष गोमा आचार्यले प्रमुख राजनीतिक दलहरुले महिला उम्मेदवारलाई टिकट नदिँदा महिला प्रतिनिधित्व घटिरहेकाले राजनीतिक क्षेत्रमा महिलाहरुको पहुँच हुन नसकेको बताउनु भयो ।
HUMAN RIGHTS NEWS PORTAL






