लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता र जिम्मेवारीको आपसी सम्बन्ध छ :वरिष्ठतम् न्यायाधीश मल्ल

इनेप्लिज डटकम । २०८३ साउन १७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा ३४ औं प्रकाश स्मृति दिवस तथा ३२ औं प्रकाश मानव अधिकार पुरस्कार २०८२ वितरण गरियो । ‘नेपालको लोकतन्त्र र मानव अधिकारका सवाल’ विषयक प्रवचन कार्यक्रम इन्सेकका अध्यक्ष विजयराज गौतमको सभाध्यक्षता र सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लको प्रमुख आतिथ्यतामा ०८३ साउन १६ गते भएको कार्यक्रमा अध्यक्ष गौतमले मानव अधिकारको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएका सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–९, भिमान निवासी रुद्रबहादुर खड्कालाई ३२ औं प्रकाश मानव अधिकार पुरस्कार २०८२ वितरण गर्न लागिएको जानकारी दिनुभयो ।

प्रकाश काफ्लेले ‘मानव अधिकारको रक्षा र विकास जनताको सचेत जागरण र सङ्गठित आवाजबाट मात्र सम्भव छ’ भन्ने मान्यता राख्नु भएकोले उहाँको सपना साकार पार्न अभैm बाँकी रहेको स्मरण गर्दै लोकतन्त्र र मानव अधिकारका मुद्दामा नागरिक समाज प्रतिबद्ध रहेकाले लोकतान्त्रिक मूल्य, मान्यता र मानव अधिकार मैत्री वातावरण निर्माणका लागि साझा प्रयासका लागि आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख वक्ता सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले राजनीतिक परिवर्तनसँगै द्वन्द्वका घाउहरुको न्यायको परिपुरण हुन बाँकी रहेको स्मरण गर्दै अदालतले न्यायको बाटो खोल्न सक्ने तर सम्मानका साथ बाँच्ने अवस्थाको सिर्जना नभएसम्म मानव अधिकारको प्रत्याभूति नहुने बताउनु भयो ।अहिले प्रविधिको विकाससँगै कृतिम बुद्धिमताको प्रयोगले मानव अधिकारका लागि डिजिटल सचेतना जगाउनु पर्ने खाँचो औंल्याउदै जलवायु परिवर्तनसँगै प्रकृतिको आत्म सम्मानको संरक्षण गरिनु पर्नेमा जोड दिनुभयो ।

उहाँले प्रेस तथा स्वतन्त्रता नै लोकतन्त्रको प्राण भएको उल्लेख गर्दै लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता र जिम्मेवारीको आपसी सम्बन्ध रहेको धारणा राख्नु भयो ।

वरिष्ठतम् न्यायाधीश मल्लले संवैधानिक सीमा भित्र संविधानको रक्षा गर्नु नै न्यायपालिका, कार्यपािलका र व्यवस्थापिकाको दायित्व भएको स्मरण गर्दै मानिसको पहिचान राज्यले दिने कागजबाट मात्र नहुनेमा जोड दिनुभयो ।

रुद्र खड्कालाई सम्मान गर्न पाउदाको क्षणलाई आफुले पहिलेदेखि जानेको र बिर्सिएको विषयलाई स्मरण गराउने अवसरकारुपमा इन्सेकले सम्झाएको स्मरण गर्दै सक्षम संविधान र उत्कृष्ट कानुनको परिपालनाले नै समृद्धि ल्याउने बिचार राख्नु भयो । मल्लले प्रविधि अघि बढोस् तर मानिस पछाडि नपरोस् भन्दै करुणाको नभइ शान्ति र सहनशीलताको यात्रामा लाग्न आह्वान गर्नुभयो ।
वरिष्ठ अधिवक्ता एवम् राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले नेपाली जनताले २००७ सालभन्दा अगाडिदेखि नै लोकतन्त्र र मानव अधिकारको आकांक्षा राखेको तर समय समयमा लोकतन्त्र मासिदै आएको उदाहरण प्रस्तुत गर्दै नेपालमा संविधान निर्माणमा राजाको भूमिकालाई लिएर बिबाद हुने गरेकोमा संविधानसभाबाट २०७२ सालमा संविधान जारी भएको तर २०८२ भदौ २३ र २४ गते नव युवा पुस्ताका नाममा ध्वन्सात्मक आन्दोलन भएको घटना पछि निर्वाचन भइ नयाँ सरकार गठन भइसकेको अवस्थामा पनि जवाफदेहीपूर्ण शासन व्यवस्था कायम हुन नसक्दा अहिले देशका विभिन्न भागहरुमा समुदायबीच द्वन्द्व बढिरहेको बताउनु भयो ।

सशशस्त्र द्वन्द्वका क्रममा भएका घटनाका पीडितले न्याय नपाउनु र सङ्क्रमणकालीन न्यायको निश्कर्षमा पुग्न नसक्दा जनतामा निराशा बढिरहेको स्मरण गर्दै देशको कार्यकारी प्रमुखलाई संसदमा जवाफदेही भएर बोल्न सांसददेखि सभामुखसमेतले आग्रह गर्दा समेत सुनुवाई नभएको र न्यायालयमा परम्परागतरुपमा वरिष्ठतम् न्यायाधीशलाई नै प्रधान न्यायाधीश बनाउने परम्परा तोडिएको घटनाले तीन वर्ष सर्वोच्च अदालतमा सेवा गरेको न्यायाधीश प्रधान न्यायाधीश बन्ने थालनीले जनताले न्यायका लागि गर्दै आएको अपेक्षामा समेत संका पैदा गरेको बताउनु भयो ।वरिष्ठ अधिवक्ता अधिकारीले २०८२ भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोग र राष्ट्रिय मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदनको जवाफदेहीरुपमा सार्वजनिक भएको प्रति टिप्पणी गर्दै नेपालको लोकतन्त्र र मानव अधिकारका लागि जनताको सूचनाको हक कुण्ठित गरेको धारणा राख्नु भयो ।

उहाँले अरुले मानव अधिकार हनन् गरेको विषयको निवारण राष्ट्रिय मानव अधिकार आयोगले गर्नु पर्नेमा मानव अधिकार आयोगले प्रतिवेदनको पूर्णपाठ सार्वजनिक नगर्दा जनताले मानव अधिकारको प्रत्याभूतिका लागि जाने ठाउँमा अन्यौलता भएको अवस्थामा पनि लोकतन्त्र र मानव अधिकारका लागि हामी सबैले निरन्तर खबरदारी गर्नु पर्नेमा जोड दिनुभयो ।इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले बहु आयामिक व्यक्तित्व, राजनीतिक गतिबिधिदेखि पत्रकारिताका माध्यमबाट समुदायसम्म मानव अधिकारको प्रत्याभूतिका लागि क्रियाशील प्रकाश काफ्लेले नेपालको मात्र नभइ अन्तर्राष्ट्रिय स्तरसम्म योगदान पु¥याएको स्मरण गर्दै नेपाल सरकार र नेपालका मानव अधिकारकर्मीले समेत भुटानी नागरिकहरुलाई स्वदेश फर्कने वातावरण बनाउनु नसकेको प्रति दुःख व्यक्त गर्नुभयो ।

प्रकाश काफ्लेले श्रृलङ्कामा भएको मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सहभागी भइ स्वदेश फर्कने क्रममा २०४९ साल साउन १६ गते हवाई दुर्घटनामा परेर दिबङ्गत भएको स्मरण गर्दै उहाँको स्मृतिमा इन्सेकले २०५१ सालमा पुरस्कार स्थापना गरी २०५२ सालमा ग्रामीण पत्रकातिका अभियन्ता विनय कसजुलाई पुरस्कृत गरिएको जानकारीसहित नयाँ पुस्तालाई नेपालको मानव अधिकार अभियान सबैका घर घरमा पु¥याउने कार्यमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले अहिले समुदायमा राजनीतिक आडमा धर्मका नाममा आफ्नो स्वार्थ सिद्ध गर्न द्वन्द्व बढाइरहेको उल्लेख गर्दै व्यक्तिले धर्ममा आस्था राख्न पाउने तर एक अर्कामा घृणा र द्वेष पैmल्याउन नहुनेमा जोड दिनु भयो ।

पुरस्कार छनौट समितिका सदस्य दुर्गा सोबले इन्सेकले २०४६ सालदेखि अनौपचारिकरुपमा मानव अधिकारका सवालमा काम गर्दै आएको सामाजिक न्याय, शान्ति, मानव अधिकार, न्याय र समानताका लागि नागरिक समाजले प्रजातन्त्रको पुर्नस्थापनाका लागि का मगर्दै आएकोमा अहिले पनि यही लडाईलाई निरन्तरता दिइ रहनु परेको स्मरण गर्नुभयो ।पुरस्कारका लागि सार्वजनिकरूपमा आह्वान गरिएअनुसार प्राप्त ४८ जनाको नाममध्येबाट शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील खड्कालाई छनोट गरिएको बताउनु भयो ।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित प्रकाश मानव अधिकार पुरस्कार छनोट समितिले सो निर्णय गरेको र समितिमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा. लिली थापा र अधिकारकर्मी दुर्गा सोव सदस्य रहेको जानकारी दिनु भयो ।

उहाँले बिगत २५ वर्षदेखि सामाजिक न्याय, शान्ति, मानव अधिकार, न्याय र समानताका लागि रेयिडो श्रोता क्लब हुँदै हाल पत्रकारिताका माध्यमबाट सक्रियताका साथ शसक्तरुपमा काम गर्दै आउनु भएका खड्का अपाङ्गता भएका नागरिक समेत भएर पनि निरन्तर पैरबी गर्दै समावेशशी लोकतन्त्र र मानव मर्यादाका लागि न्यायमा आधारित समाज निर्माणमा व्यवहारमा स्थापित गर्दै आएको जानकारी दिनुभयो ।

सम्मानित व्यक्तित्व रुद्रबहादुर खड्काले सिन्धुली जिल्लामा जन्मिनु भएका स्वर्गीय प्रकाश काफ्लेको स्मृतिमा स्थापित प्रकाश मानव अधिकार पुरस्कार–२०८२ बाट आफु सम्मानित भएकोमा गौरवान्वित भएको उल्लेख गर्दै इन्सेकले आफुलाई सम्मानित गरेकोमा खुशीसँगै चुनौती र थप जिम्मेवारी बढेको बताउनु भयो । उहाँले इन्सेकका अध्यक्ष विजयराज गौतमलगायत इन्सेकको प्रसंशासहित ग्रामीणस्तरदेखि नै मानव अधिकारको सचेतना, जागरण र सुशासनका लागि एकताबद्ध भएर काम गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले मौलिक हकको कार्यान्वयन र बेथिति, बिसङ्गतिको बिरुद्धमा लागि रहनु पर्ने धारणा राख्नु भयो ।

इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको “प्रकाश मानव अधिकार पुरस्कार–२०८२” बाट यस वर्ष शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रुद्रबहादुर खड्कालाई प्रदान बताउनु भयो ।

सिन्धुली जिल्ला कमलामाई नगरपालिका–९, भीमान निवासी खड्का मानव अधिकार उल्लङ्घन, अन्याय, विभेद, दण्डहीनता तथा सामाजिक बहिष्करणका घटनालाई निरन्तर रुपमा उजागर गर्दै पीडित तथा सीमान्तकृत समुदायको आवाजलाई सार्वजनिक सरोकारको विषय बनाउनु साथै शारीरिक असक्तताका बाबजुद पनि अदम्य साहस, अटल प्रतिबद्धता र अथक सक्रियताका साथ मानव अधिकार, सामाजिक न्याय र मानवीय मर्यादाको पक्षमा निरन्तर उभिनुभएको छ।

३४ औँ प्रकाश स्मृति दिवसको अवसरमा पुरस्कृत व्यक्तित्व खड्कालाई नगद ५० हजार, सम्मानपत्र र इन्सेकको प्रतीक चिन्ह प्रदान गरिएको थियो । दीपकप्रसाद घिमिरे

Source: https://www.enepalese.com/2026/08/504613.html

Source: https://shorturl.at/vOQhf

Source: https://shorturl.at/wYg5i

Source: https://shorturl.at/Z9Drc

Source: https://shorturl.at/GEwlm