विस्थापित सुकुम्वासी बालबालिकाको शिक्षा र आवास सुनिश्चित गर्न सर्वोच्चको आदेश

नेपाल प्रेस डटकम । २०८३ साउन २१ गते

काठमाडौँ । सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्वासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले साउन १८ गते उक्त आदेश जारी गरेको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयका तर्फबाट बरुण बस्यालसहितले दायर गरेको उत्प्रेषणसम्बन्धी रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले विस्थापनका कारण बालबालिकाको शिक्षामा गम्भीर असर परेको देखिएको उल्लेख गरेको हाे ।

अदालतले विस्थापित बालबालिकाको विद्यालय भर्ना, पठनपाठनको निरन्तरता तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक रहेको ठहर गरेको छ । आदेशमा सुकुम्वासी क्षेत्रका विद्यालय उमेरका बालबालिका विद्यालयबाट बाहिरिनसक्ने, भर्ना नभएका बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुनसक्ने तथा विस्थापनका कारण उनीहरूको जीवन र विकासमा प्रतिकूल असर पर्नसक्ने अवस्था रहेको उल्लेख गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयसमेतलाई आधार बनाउँदै अदालतले तत्काल संरक्षण आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
सर्वोच्च अदालतले विस्थापित बालबालिकाको पहिचान र प्रमाणीकरण गरी विद्यालय भर्ना भएका बालबालिकाको शिक्षालाई निरन्तरता दिन तथा भर्ना नभएका बालबालिकालाई श्रावण मसान्तभित्र नजिकको विद्यालयमा अनिवार्य र निःशुल्क भर्ना गराउन आदेश दिएको छ ।

साथै, निःशुल्क पाठ्यपुस्तक, पोसाक, यातायात सुविधा, शैक्षिक सामग्री, मनोसामाजिक परामर्श तथा अपाङ्गता भएका बालबालिकाका लागि आवश्यक सहयोगी सेवासमेत उपलब्ध गराउन भनिएको छ ।

अदालतले विस्थापनबाट थप असर पर्ने अवस्था भए आवश्यकतानुसार आवासीय शिक्षाको व्यवस्था गर्न तथा बालबालिकाका लागि अनुकूल वातावरण निर्माण गर्न सम्बन्धित स्थानीय निकायसँग समन्वय गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

त्यसैगरी, सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति, जेष्ठनागरिक, बालबालिका तथा बिरामी व्यक्तिका लागि अस्थायी व्यवस्थालाई उनीहरूको विशेष आवश्यकतानुसार गुणस्तरीय बसोबास र आवश्यक स्वास्थ्य सेवासहित सुनिश्चित गर्न आदेशमा उल्लेख गरिएको छ ।

रिटमा सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य तथा अन्य मौलिक अधिकार संरक्षणका लागि अन्तरिम आदेश माग गरिएको थियो ।

अदालतले नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षा, बालअधिकार, सम्मानपूर्वक बाँच्न पाउने हक तथा आवासको अधिकारको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले आदेशको जानकारी सम्बन्धित प्रत्यर्थीहरूलाई दिई नियमानुसार कार्यान्वयन गर्नसमेत निर्देश गरेको छ । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता राजुप्रसाद चापागाईँ, अधिवक्ता गौरव बराल र हेमन्तराज पाहारीले बहस गरेका थिए ।

Source: https://shorturl.at/zfonZ

Source: https://www.ronbpost.com/2026/08/18733/

Source: https://shorturl.at/ifwaM

Source: https://shorturl.at/kRiJR

Source: https://www.ujyaaloonline.com/detail/130222

Source: https://shorturl.at/8fATu

Source: https://shorturl.at/WSfy5

Source: https://radionepalonline.com/2026/08/06/724975.html

Source: https://shorturl.at/jXdbz

Source: https://www.sankalpakhabar.com/news/2026/08/06/639620/

Source: https://www.onlinenepal.com/2026/08/06/399437

Source: https://shorturl.at/WRUth

Source: https://prasashan.com/2026/08/06/789925/

Source: https://shorturl.at/HLsKS

Source: https://singhadurbarnews.com/2026/08/196901

Source: https://hamrakura.com/news-details/218380/2026-08-06

Source: https://arthasanjal.com/187030

Source: https://bikastimes.com/2026/08/93003/

Source: https://voxpopnepal.com/posts/1846

Source: https://www.ukeraa.com/news/detail/178412/

Source: https://www.arthadabali.com/2026/08/06/91940

Source: https://www.lokaantar.com/story/325872/2026/8/6/governance/supreme-court-

Source: https://newspolar.com/archives/458724

Source: https://nmkhabar.com/supreme-court-interim-order-for-displaced-childrens-rights/

Source: https://www.dcnepal.com/2026/08/785048/

Source: https://nepalwatch.com/2026/08/06/212060

Source: https://shorturl.at/ebhrN