१६ साउन, जनकपुरधाम । सप्तरीमा वैद्य-प्रकाश मानवअधिकार पुरस्कार राजविराज नगरपालिका–५ का हितनारायण लाल दास पुरस्कृत भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट प्रकाश मानव अधिकार पुरस्कार पाएका राजविराज नगरपालिका–७ का प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले पुरस्कारवापतको ५१ हजार रुपैयाँबाट वैद्य प्रकाश मानव अधिकार पुरस्कार स्थापना गरेका थिए । उक्त पुरस्कार कोषमा झाले आफ्नी आमा चन्द्रादेवी झाले पाएको ज्येष्ठ नागरिक भत्तावापतको ५० हजार र अन्य ३० हजार रुपैयाँ जम्मा गरी कोषको रकम १ लाख ३१ हजार पुर्याएका छन् । शैक्षिक र सामाजिक जागरणको अभियानमा अविचलित रही योगदान पुर्याएको भन्दै दासलाई पाँच हजार १ सय राशीसहित सम्मान गरिएको हो । दासलाई राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले पुरस्कार प्रदान गरे । ठाकुरले यो कोषमा २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरे ।
HUMAN RIGHTS NEWS PORTAL






