शुद्धोधनमा कोरोना सचेतना अभियान शुरु
३० फाल्गुन २०७६, शुक्रबार
विष्णु घिमिरे / रुपन्देही – मानव अधिकार निगरानी समूह शुद्धोधन गाउँपालिका रुपन्देहीले कोरोनाबारे नागरिकलाइ सचेतना जगाउने उद्देश्यले सर्तकता अभियान शुरु गरेको छ । समूहले नागरिकलाई सचेत बनाउने उद्देश्यले बिहीबारबाट माइकिङ्ग पम्पलेट पोस्टरहरु तथा माक्स वितरण गरेको छ ।वडानम्बर पाँचबाट सुरु गरेको यो अभियान गाउँपालिका प्रत्येक वडामा पाँच दिनसम्म संचालन गरिने निगरानी समूहका अध्यक्ष जगत सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले इन्सेकले बिगतदेखि नै निकै महत्वपूर्ण कार्यक्रम संचालन गरेकोमा धन्यावाद व्यक्त गर्नुभयो ।आफ्नो गाउँपालिका एउटा समूह निर्माण गरी रचनात्मक कामहरु संचालन गरेकामा खुसी व्यक्त गर्दै कोरोनाको कारणले जनमासमा रहेको त्रास कम गरी सर्तकताका लागि थालेको अभियानमा आफ्नो पूर्ण साथ रहने बताउनुभयो ।उहाँले अगामी दिनमा यस संस्थासँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आवश्यक परेको खण्डमा यस मानव अधिकार निगरानी समूहलाई निरन्तर सहयोग गर्ने उहाँले प्रतिवद्धता गर्नु भयो । कार्यक्रममा शुद्धोधन गाउँपालिकाका प्रवक्ता राजेन्द्र कंडेल, वडा नं पाँचका वडाअध्यक्ष पूण्य गौतम, इन्सेक रुपन्देही सहजकर्ता विष्णु घिमिरेलगायतले मन्तव्य राख्नुभएको थियो । मानव अधिकार निगरानी समितिका अध्यक्ष जगत सापकोटाको अध्यक्षयता, सचिव मोति थापाको संचालन तथा उपाध्यक्ष कपिल अर्यालको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

HUMAN RIGHTS NEWS PORTAL








source : https://sabalpost.com/archives/90377?fbclid=IwAR2jgg1GprVsoMFo67oQdRA5kdxODpVi5LshUVY3k9fh4nafidQmzu2BGko