



इखबर रफ्तार डटकम । २०८२ असोज ८ गते
धनगढी । जेन्जी आन्दोलनमा गरिएको आगजनीका कारण पूर्ण रुपमा सञ्चालन हुन नसकेका सरकारी कार्यालयहरुलाई सहयोग गर्ने उदेश्यले धनगढीका मानव अधिकारकर्मीहरु र संघ संस्थाहरुले सहयोग जुटाउने निर्णय गरेका छन ।
मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढीको आयोजनामा गरिएको धनगढीमा कार्यरत संस्थाहरुको सामुहिक बैठकले सहयोग जुटाउने निर्णय गरेको हो ।
गैर सरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवि प्रसाद खनालको अध्यक्षतामा सम्पन्न बैठकले सरकारी कार्यालयहरुको कामकाजलाई सहज बनाउन सहयोग जुटाउने निर्णय गरेको हो ।
बैठकको सहजीकरण गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढीका संयोजक खडकराज जोशीले कुरा मात्र गर्ने काम नगर्ने अधिकारकर्मी हुा नसक्ने बताए ।
भदौ २३ र २४ गते जेन्जी आन्दोलनमा भएको क्षतीको अबश्था र गर्न सकिने कामका विषयमा गरिएको छल्फलमा उनले सबैले सक्दो सहयोग गरेर सरकारी कामकाजलाई सहज बनाउनु पर्ने बताए ।
बैकहरुसंग पनि सामाजिक उत्तरदायीत्व अनुसार खर्च गर्न सकिने भए पनि नेपाल राष्ट्र बैकका कारण सहयोग गर्न नसकिने अबश्था भएको बैकका म्यानेजरहरुले बताएको जानकारी गराउदै राष्ट बैक संग पनि समन्वय गर्नु पर्ने बताए ।
सहयोगको आब्हान गर्नु पर्ने बताउदै उनले संकटको समयमा सबैले मीलेर काम गर्नु पर्ने बताए । त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका निर्दैशक झंकर रावलले संकटको घडीमा अपराधीक तत्वहरु सल्बलाउने खत्रा बढेको बताउदै सबैले समन्वय गरेर अगाडी बढ्नु पर्ने बताए ।
संयुक्त रुपमा काम गर्न सहज हुने बताउदै उनले कुनै पनि घटना भए मानव अधिकारआयोगलाई तुरुन्त खबर गर्न आग्रह गरे । आयोगले तुरन्तै घटनाको अनुगमन गर्ने उनले बताए । सहयोगको नाम्मा सडेगलेका सामानहरु पनि हुन सक्ने बताउदै उनले सहयोग गर्दा यस्ता विषयमा ध्यान दिनु पर्ने बताए ।
त्यसैगरी ईन्सेक सुदूरपश्चिम प्रदेशका अधिकृत कृष्ण विकले आन्दोलनमा बदमासका मात्र नभइ असल नागरिकका पनि घर जलेको बताउदै कुनै पनि काम गर्दा जेन्जीलाई पनि समेटेर लैजानु पर्ने बताए ।
मुख्य कुरा सेवा भएको बताउदै उनले सेवालाई ध्यानमा रोखेर काम गर्नु पर्ने बताए । संयुक्त बैठकमा सहभागीहरुले कैलालीको गोदारी नगरपालीका, घोडाघोडी नगरपालीका र कैलारी गाउपालीकामा सबै भन्दा बढी क्षेती भएको जानकारी गराएका थिए ।
त्यसैगरी कञ्चनपुरको पुर्नबास नगरपालीका, शुक्लाफाटा नगरपालीका र कृष्णपुर नगरपालीकामा सबै भन्दा बढी क्षेती भएको सहभागीहरुले बताएका थिए । घोडाघोडी नगरपालीकाका १२ वटै वडा कार्यालय ध्वस्त भएको मानव अधिकारकर्मी विरेन्द्रशाहले बताए ।
२०४५ सालमा स्थापना भएर २०४८ साल देखि अधिकारका क्षेत्रमा काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भएको बैठकमा कञ्चनपुरको बेलौरी र अत्तरीया लगायतका क्षेत्रमा कार्यरत मानव अधिकारकर्मीहरुको सहभागीता रहेको थियो ।
सहभागी सबैले संकटमा एकताबद्ध भएर सहयोगका लागी जुटने प्रतिबद्धता जनाएका थिए । संयुक्त बैठकले सहयोगका लागी नेपाल बार एशोसिएसनले आब्हान गर्ने र सबै संघसंस्थाहरुले समन्वय गर्ने निर्णय गरेको छ ।
बैठकमा दलित महिला संघ फेडो,फाया नेपाल, नेपाल बार एशोसिएसन, सिविन नेपाल, याक नेपाल, गैर सरकारी संस्था महा संघ,सुदूरपश्चिम समाज र डब्लु एच आरडी लगायतका संस्थाहरुको सहभागीता रहेको थियो । दोस्रो बैठक यही असोज २० गते सुदूरपश्चिम समाजको सभाकक्षमा दिउसो ३ बजे बस्ने भएको छ ।
Source: http://ekhabarraftar.com/2025/09/34223/
Source: https://pahura.com/2025/09/42679/
Source: https://shorturl.at/DJ4P2