नेपालमा सन् २०१९ मा मानवअधिकार उल्लङ्घन र ज्यादतिबाट ६ हजार ६४२ पीडित

 

मानवअधिकार उल्लङ्घनका घटनामा ६८ महिला र ८६२ पुरुष गरी जम्मा ९३० जना रहेका छन् । त्यस्तै, ज्यादतिका घटनामा पाँच हजार ५८ महिला र ६५४ पुरुष गरी जम्मा पाँच हजार ७१२ पीडित भएको उल्लेख छ ।
 
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा ‘नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९’ सार्वजनिक गरको छ ।

 

काठमाडौँ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा ‘नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९’ सार्वजनिक गरको छ । 

इन्सेकले आज आयोजना गरेको कार्यक्रममा मानवअधिकारकर्मी सुशील प्याकुरेलले उक्त पुस्तकको सार्वजनिक गरे । सन् २०१९ मा मानवअधिकार उल्लङ्घन र ज्यादतिका घटनामा ६ हजार ६४२ जना पीडित भएको पुस्तकमा उल्लेख छ । 

सन् २०१८ मा यस्ता घटनामा पाँच हजार ११० जना पीडित भएका थिए । यसवर्ष मानवअधिकार उल्लङ्घनका घटनामा ६८ महिला र ८६२ पुरुष गरी जम्मा ९३० जना रहेका छन् । त्यस्तै, ज्यादतिका घटनामा पाँच हजार ५८ महिला र ६५४ पुरुष गरी जम्मा पाँच हजार ७१२ पीडित भएको उल्लेख छ । गत वर्षको तुलनामा मानवअधिकार उल्लङ्घन तथा ज्यादतिका घटनामा यसवर्ष एक हजार ५३२ बढी पीडित देखिएको छ । 

गतवर्ष प्रहरीको गोली लागि भोजपुरमा दुई, सप्तरीमा एक, सर्लाहीमा दुई, रुपन्देहीमा एक र कपिलवस्तुमा एक गरी सात जनाको मृत्यु भएको इन्सेककोे अभिलेखमा उल्लेख छ । यातनाका घटनामा १३, गिरफ्तारीका घटनामा ७२, जातीय विभेदका घटनामा ६२, अमानवीय व्यवहारका घटनामा सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा तीन हजार ३६४ जना पीडित भएका छन् ।

बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा ६९, घरेलु हिंसाका घटनामा दुई हजार ७९, कथित बोक्सीको आरोपमा ४२, बलात्कारका घटनामा ५३०, बलात्कार प्रयासका घटनामा १४३, यौनदुव्र्यवहारका घटनामा ६३ र बेचबिखन तथा ओसारपसार घटनामा ५१ जना महिला पीडित भएको  पुस्तकमा उल्लेख छ । 

परिवारजनका सदस्यबाट १२९ महिलाको हत्या भएको छ भने दाइजो नल्याएको आरोपमा १३ महिलाको हत्या भयो भने सोही कारणले ३०० महिला हिंसामा परेको देखिएको छ । बाल अधिकार उल्लङ्घनका घटनामा एक हजार ४४७ बालबालिका पीडित भएका छन् भने उमेर नपुगी विवाह हुने प्रचलन अझै पनि कायम रहेको पुस्तकमा उल्लेख छ । रासस

source:https://sancharkarmi.com/news-details/21843/2020-02-19