२०७७ जेठ २६ गते

प्रेस विज्ञप्ति

जाजरकोट जिल्ला भेरी नगरपालिका–४ का नवराज विकसहित १८ जना युवा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाकी युवती लिन भनि २०७७ जेठ १० गते सोती पुग्दा सोतीका स्थानीय ५०÷६० जनाको समूहले पीडितहरूलाई लखेट्दै भेरी नदीको किनारमा पु¥याई कुटपिट तथा आक्रमण गर्दा नवराज बिकसहित ६ जनाको मृत्यु भयो ।
सो घटनाका सम्बन्धमा इन्सेक रुकुम पश्चिम, नेपाल बार एशोसिएशन रुकुम पश्चिम, गैसस महासंघ रुकुम पश्चिमलगायत मानव अधिकार संस्थाका प्रतिनिधिले जेठ १३ गतेदेखि जेठ १५ गतेसम्म घटनास्थलको अनुगमन, घटनाका घाइते, स्थानीय, घटनाका आरोपितका साथै सरोकारवालासँग भेटघाट तथा छलफल गरी तयार पारेको स्थलगत प्रतिवेदन सार्वजनिक गरिएको छ । सार्वजनिक प्रतिवेदन जेठ २६ गते नै संसद्को कानुन, न्याय तथा मानव अधिकार समिति र राष्ट्रिय मानव अधिकार आयोगलाई हस्तान्तरण गरिएको छ ।

प्रतिवेदनमा निम्नअनुसारको तथ्य उल्लेख गरिएको छ ।
– कथित माथिल्लो जातिकी किशोरी र कथित दलित किशोरबीचको प्रेमसम्बन्ध अन्ततः हत्या जस्तो गम्भीर अपराधका रूपमा परिणत भएको छ ।
– स्थानीयहरूले घरेलु हातहतियारसहित (हँसिया, कुटो र दाउरा) लखटेको र भेरी नदीको किनारमा पु¥याई ती हतियार प्रयोग गरी आक्रमण गरेका थिए ।
– स्थानीयको कुटपिटबाट मृत्यु भएका युवाहरूको शव विभिन्न मितिमा भेरी नदीमा मृत अवस्थामा फेला प¥यो ।
– भेरी नदीमा फेला परेका शवको प्रकृति हेर्दा पेट नफुलेको, पानी नखाएको, शरीर नसुन्निएको अवस्थामा थिए ।
– घटनामा दोहोरो भिडन्त वा प्रतिकार भएको थिएन । घटनामा संलग्न कुनै पनि स्थानीयलाई चोटपटक लागेको वा घाइते भएको पाइएन ।
– घटना शुरु भएको आधा घण्टापछि घटनास्थल पुगेको प्रहरीले १२ जनालाई उद्धार गरेको थियो । उद्धार गरेका सबै जनाको चौरजहारी मिसन अस्पतालमा उपचार गराई अभिभावको जिम्मा लगाएको पाइयो ।

घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाको सत्य तथ्य उजागर गर्न तथा घटनाका आरोपितलाई कानुनी दायरामा ल्याउन माग गर्दछौँ ।

 

 

 

डा. इन्दिरा श्रेष्ठ
अध्यक्ष