कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० लाख ४ हजार ६ सय ५४ रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ ।विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई सो रकम प्रदान गर्ने निर्णय इन्सेकले गरेको हो । इन्सेकमा कार्यरत पूर्णकालीन कर्मचारी, ७७ जिल्ला प्रतिनिधि तथा विभिन्न परियोजनामा कार्यरत कर्मचारीहरूको सात दिनको तलबवापतको रकम उक्त कोषमा जम्मा गरिएको हो । कोरोना भाइरस संक्रमणको रोकथामका लागि नेपाल सरकारले गरेको प्रयासमा इन्सेकको सानो सहयोगले केही सघाउ पुग्ने हामीले अपेक्षा गरेका छौँ ।

डा. इन्दिरा श्रेष्ठ
अध्यक्ष
HUMAN RIGHTS NEWS PORTAL