आन्दोलनमा संयमता अपनाऊ
यही फागुन ८ गते मिलिनियम च्यालेन्ज कर्पोरेशनको नेपाल कम्प्याक्ट संसदमा पेश गरेको विरोधमा काठमाडौँको बानेश्वरमा भएको आन्दोलनका क्रममा प्रहरीले आन्दोलनकारीमाथि अन्धाधुन्ध लाठी चार्ज तथा रबरको गोली प्रहार गरी गरेको अत्यधिक बल प्रयोग तथा आन्दोलनकारीले सार्वजनिक सम्पतिमाथि तोडफोड गरेको घटनाप्रति इन्सेकको गम्भीर ध्यानाकर्षण भएको छ । शान्तिपूर्ण रूपमा आवाज उठाउन पाउने अधिकारको रक्षा गर्नुपर्ने सरकारले अत्यधिक बल प्रयोग गर्नु संविधान र मानव अधिकारको मूल्य प्रतिकुल कार्य हो ।
आगामी दिनमा हुने विरोध प्रदर्शनलाई सभ्य बनाउन प्रदर्शनकारीसमक्ष आग्रह गर्दछौँ भने प्रहरीलाई दमनको नीति अबलम्बन नगर्न खबरदारी गर्दछौँ ।
राजनीतिक स्थिरता, सामाजिक न्याय तथा समृद्धि सुनिश्चितताका लागि योगदान गर्न राजनीतिक नेतृत्वले शान्तिपूर्ण विमर्शको बाटोतर्फ जनसमुदायलाई नेतृत्व गर्नु जरुरी देखिन्छ । संयम, धैर्य र शान्तिपूर्ण अभ्यासका लागि सरकार, नेपाल प्रहरी, राजनीतिक दल र आमजनसमुदायलाई हार्दिक अपिल गर्दछौँ ।

डा. इन्दिरा श्रेष्ठ
अध्यक्ष
HUMAN RIGHTS NEWS PORTAL