२०७४ साउन १५ गते
प्रकाश मानवअधिकार पुरस्कार-२०७३ ज्येष्ठ नागरिक अभियन्ता डा. गौरीशङ्कर लाल दासलाई
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले “२३ औँ प्रकाश मानवअधिकार पुरस्कार”बाट ज्येष्ठ नागरिक अभियन्ता डा. गौरीशङ्कर लाल दासलाई सम्मान गर्ने निर्णय गरेको छ । इन्सेक कार्यसमितिको २०७४ साउन ११ गते सम्पन्न बैठकले विगत सात दशकदेखि मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील डा. दासलाई ‘प्रकाश मानवअधिकार पुरस्कार-२०७३’ बाट सम्मान गर्ने निर्णय गरेको थियो ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा साउन १६ गते ललितपुरमा सम्पन्न हुने एक समारोहकाबीच डा. दासलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।
इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृतिमा २०५१ सालमा स्थापित ‘प्रकाश मानवअधिकार पुरस्कार’बाट यसअघि २२ जना सम्मानित भइसक्नु भएको छ । पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार रुपियाँ प्रदान गर्ने गरिएको छ ।
सुबोधराज प्याकुरेल
अध्यक्ष