आमरण अनसनरत तिवारीको जीवन रक्षा गर

 

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा सुधार गर्नुपर्ने माग गर्दै १६ दिनदेखि अस्पताल परिसरमै आमरण अनसनरत नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको चिकित्सकहरूले जनाएका छन् । ५० शैयाको सगरमाथा अञ्चल अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक, नर्स, कर्मचारी र आवश्यक उपकरणको व्यवस्था गरिनुपर्ने लगायतका माग तिवारीले राख्नुभएको छ ।

हामी तिवारीले उठान गर्नुभएका मागहरूको समर्थन गछौँ साथै आमरण अनसनको शुरुआतदेखि नै घटनाको अनुगमन गरी अभिलेखसमेत गरिरहेका छौँ । संविधान प्रदत्त स्वास्थ्य अधिकार उपभोगका लागि अनसन नै बस्नुपर्ने अवस्थाको अन्त्य गर्नेतर्फ सरकारी तदरुकता जरुरी भइसकेको छ । प्रायजसो सरकारी स्वास्थ्य संस्थामा चरम बेथिति व्याप्त छ । जसका कारण सर्वसाधारण नेपालीले सर्वसुलभ स्वास्थ्य सेवा पाउन सकेका छैनन् । श्री तिवारीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन तथा उहाँको जीवन रक्षाका लागि सार्थक वार्ता र संवादको पहल गर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउँछौँ ।

 

सुबोधराज प्याकुरेल

अध्यक्ष