भावपूर्ण श्रद्धाञ्जलि

सर्वोच्च अदालतका पूर्व न्यायाधीश, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य एवम् जेष्ठ नागरिक महासङ्घका अध्यक्ष रामनगिना सिंहको ७८ वर्षको उमेरमा २०७४ फागुन २० गते असामयिक निधन भएको खबरले हामीलाई दु:खी तुल्याएको छ । दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछौँ ।

नेपालको न्याय व्यवस्था, मानवअधिकार तथा सामाजिक न्याय र ज्येष्ठ नागरिकका अधिकारका विषयमा गर्नुभएको योगदानका कारण उहाँको स्मरण भइरहनेछ । जीवनको उत्तरार्धमा ज्येष्ठ नागरिकका अधिकारका लागि कृयाशील रहनु भएका सिंहलगायतका अभियन्ताका कारण ज्येष्ठ नागरिकका हक अधिकारहरु नेपालको संविधान, कानुन तथा नियमावलीहरुमा लिपीबद्ध भएका छन् । नेपालको मानव अधिकार तथा सामाजिक न्यायको अभियानमा स्वर्गीय सिंहको अभाव सदा खड्किनेछ ।

सुबोधराज प्याकुरेल

अध्यक्ष