मानव अधिकार रक्षक सञ्जाल पुनर्गठन
सुर्खेत । २०७८ फागुन १९ गते
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल ०७८ फागुन १६ गते पुनर्गठन गरिएको छ । मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाई पिडकलाई कार्वाहीको दायरासम्म पुर्याउने उदेश्यका साथ ०७७ चैत १३ गते गठित सञ्जाल पुनः नागरिक समाजका अगुवा राजबहादुर महतको संयोजकत्वमा गठन गरिएको हो । सञ्जालको सदस्यमा अल्पकालिन महिला सेवा केन्द्रकी अध्यक्ष भगवती श्रेष्ठ, पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्र शाही, जिल्ला बारको सदस्य देवेन्द्र शर्मा, उच्च बारकी सदस्य अनिता तिमिल्सेना, दलित सेवा संघ जुम्लाका सचिव रामबहादुर नेपाली रहेका छन् । यस्तै जनजाती महासङ्घ जुम्लाका अध्यक्ष कार्मा ठिल्ले लामा, अपाङ्ग पुनर्स्थापना विकास केन्द्रका अध्यक्ष नन्दराज धिताल, महिला पत्रकार दिलमाया शाही, दलित पत्रकार सागर परिवार, महिला मानव अधिकारकर्मी टीका नगरकोटी र सदस्य सचिवमा इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावल रहनु भएको छ । सञ्जालले फागुन १६ गते बैठक बसेर मानव अधिकारका विभिन्न विषयमा जिल्ला स्तरमा वकालत, ध्यानाकर्षण तथा पैरवीका कामहरू गर्ने निर्णय गरेको छ ।
सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)कर्णाली प्रदेश कार्यालयको आयोजनामा सल्यानमा जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल पुनर्गठन भएको छ । ०७७ फागुन २६ गते गठन गरिएको जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल ०७८ फागुन १७ गते पुनर्गठन गरिएको हो । आर्थिक, सामाजिक र जातीय तथा लैङ्गिक रूपले पछाडि पारिएका समुदायको अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाई पिडकलाई कार्वाहीको दायरासम्म पुर्याउने उदेश्यका साथ गठित सञ्जालको एक वर्षपछि बुद्धिमान पुनको संयोजकत्वमा १५ सदस्यीय सञ्जाल पुनर्गठन गरिएको हो । सञ्जालको फागुन १७ गतेको बैठकले अन्तराष्ट्रिय श्रमिक महिला दिवस सन्दर्भमा जिल्लास्थित सरोकारवालासंँग समन्वय तथा सहकार्य गरी दिवस मनाउने निर्णय गरेको छ ।
HUMAN RIGHTS NEWS PORTAL






