तेह्रथुममा गएको ६ महिनामा १७ वटा मानवअधिकार उल्लङ्घनका घटना
तीनजुरे टाइम्स डटकम । २०८२ असार ११ गते
तेह्रथुम ः तेह्रथुममा गएको ६ महिनामा १७ वटा मानवअधिकार उल्लङ्घनका घटना घटेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेह्रथुमले सार्वजनिक गरेको छ । इन्सेकले प्रकाशन गर्ने नेपाल मानवअधिकार वर्षपुस्तक २०२६ को प्रकाशन पूर्व अर्धवार्षिक समिक्षा कार्यक्रम गर्दे इन्सेक तेह्रथुमका प्रतिनिधि सुरेश खत्रीले तयार पार्नुभएको प्रतिवेदनमा उल्लेखित उक्त तथ्याङ्क सार्वजनिक गर्नुभएको हो ।उक्त तथ्याङ्क गएको जनवरी १ देखि जुन २४ सम्म ६ महिना अवधिको हो । जसमा १७ वटा घटनामध्ये सबैभन्दा धेरै बालिका बलात्कारका ५, महिला बलात्कार तथा बलात्कारको प्रयास ३, र घरेलु हिंसा ८ र हत्या तथा हत्या प्रयास १ रहेका छन् । प्रतिवेदनमा भनिएको छ कि यस्ता घटनाबाट पीडित अधिकांश व्यक्ति महिला र किशोरीहरू छन्, जसको उमेर १० देखि ४० वर्षको बीचमा रहेको छ ।प्रतिवेदनमा भनिएको छ कि यस्ता घटनाबाट पीडित अधिकांश व्यक्ति महिला र किशोरीहरू छन्, जसको उमेर १० देखि ४० वर्षको बीचमा रहेको छ । यस्ता घटनाले हाम्रो समाजको नैतिक चेतना र राज्यको उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको जनाएको छ । पीडितहरूको न्यायमा पहुँच अझै पनि कमजोर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा स्थानीय निकाय, राज्य निकाय, र नागरिक समाजले यस्ता घटनाको न्यूनीकरण गर्न थप जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने आवश्यकता देखिएको जनाइएको छ ।
सदरमुकाम म्याङलुङ स्थित रेडियो मेन्छ्यायेमको कार्यालयमा आज सम्पन्न समिक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशन कामती, महिला अधिकारकर्मी टंकमाया लिम्बू, पूर्व इन्सेककर्मी नरबहादुर आम्बुङ, मनोज तेयुङ, मानवअधिकारकर्मी दिपेन लिम्बू, नेपाल पत्रकार महासंघका अध्यक्ष टिआर सेनेहाङ सचिव कृण्ण बिदुखी गौतम, पत्रकारहरु रुद्र गुरागाई, राजकुमार तेयुङ लगायतको उपस्थिति रहेको थियो ।
Source: https://shorturl.at/6N0a6
HUMAN RIGHTS NEWS PORTAL






