कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

कालीकोट । २०८२ भदौ २५ गते

खाँडाचक्र नगरपालिका–८ की ३० वर्षीया इसरा सार्कीलाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि ०८२ भदौ २५ गते ७ हजार ५ सय रुपियाँ सहयोग गरेको छ । कालिकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल मार्फत पीडित महिलालाई कानुनी प्रक्रियामा जानका लागि सहयोग गरिएको हो ।

उहाँका ३२ वर्षीय पति धनसिंगे नेपालीले कुटपिट गर्नुका साथै घर छोड्न धम्की दिएपछि आफूलाई कानुनी प्रक्रियामा जान समस्या भएको भन्दै पीडितले इन्सेक कर्णाली प्रदेश कार्यालयमा सहयोगको लागि असार २४ गते निवेदन दिनुभएको थियो । सोही निवेदनको आधारमा भदौ १९ गते बसेको मानव अधिकार सहायता कक्षको बैठकले  गरेको निर्णयअनुसार सहयोग रकम प्रदान गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनु भयो । पीडितले ०८२ साउन ९ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिनुभएको छ ।

कालिबहादुर मल्ल