महिनावारीका समयमा अपनाउनु पर्ने सचेतनाका विषयमा किशोरीको विशेष चासो

मोरङ । २०८२ मङ्सिर १५ गते

“प्रविधिको सही प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ जारी लैङ्गिक हिंसा विरुदको १६ दिवसीय अभियानको छैटौँ दिन मङ्सिर १४ गते रङ्गेली नगरपालिकाले आयोजना गरेको किशोरी स्वास्थ्य परामर्श मेलामा किशोरीहरुले महिनावारीका समयमा अपनाउनु पर्ने सचेतनाका विषयमा विशेष चासो राखेका छन् ।

परामर्श मेलामा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले राखेको मानव अधिकार शिक्षा तथा स्वास्थ्य अधिकार सचेतना स्टलमा किशोरीहरुले महिनावारीका समयमा अपनाउनु पर्ने सचेतनाका विषयमा विशेष चासो राखेका हुन् ।

स्वास्थ्य अधिकार, सुरक्षित महिनावारी र मर्यादित महिनावारीका विषयमा किशोर केन्द्रीत जानकारी दिने उदेश्यले राखेको स्टलमा किशोरीहरुले महिनावारीका समयमा अपनाउनु पर्ने सचेतनाका विषयमा चासो राखेको इन्सेक कोशी प्रदेशका संयोजक मनोहरकुमार पोखरेलले बताउनु भयो ।

       

स्टलमा मानव अधिकार शिक्षासँगै इन्सेक अभियान, बाल विवाह, साइवर क्राइम, मानव वेचविखन, नेपालमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको अवस्था र इन्सेक गतिविधिका बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।

रङ्गेली नगरपालिकाले आयोजना गरेको किशोरी स्वास्थ्य परामश मेलामा रङ्गेली नगरपालिकाभित्र रहेका सामुदायिक र निजी विद्यालयका बालबालिकाको उल्लेखनीय सहभागिता रहेको थियो ।

किशोर स्वास्थ्य परामर्श मेलामा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले महिला बालबालिकाको विकासका लागि सञ्चालन गरिएका विभिन्न गतिविधिका बारेमा जानकारी दिइएको छ ।

परामर्श मेलामा सिविन, नेपाल ओरेक, नेपाल माइती, नेपाल एबीसी नेपाललगायतका संघसंस्थाले सचेतनामूलक स्टलहरु राखेका थिए ।

कोशी प्रदेश कार्यालय