हिंसापीडित १५ वर्षीया बालिकालाई न्यायमा पहुँचको लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले संरक्षण परियोजन अन्तर्गत आर्थिक सहयोग उपलव्ध गराएको छ ।
न्यायिक प्रक्रियामा थोरै भएपनि सहजताका लागि बलात्कारपीडित बालिकालाई १० हजार रुपियाँ असार २१ गते घोराहीमा इन्सेक प्रतिनिधि जयनारायण पुनले हस्तान्तरण गर्नुभएको थियो । बालिकालाई असार ९ गते ३३ वर्षीय बाबुले बलात्कार गरेको भन्दै पीडित पक्षले असार १३ गते उजुरी दिएपछि सोहीदिन प्रहरीले घरबाटै गिरफ्तार गरी अनुसन्धान थालेको छ ।
HUMAN RIGHTS NEWS PORTAL






