मानवअधिकार कार्ययोजना कार्यान्वयन समितिमा महत मनोनीत

नयाँ युगबोध डटकम । २०८३ साउन २३ गते

घोराही । मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि लुम्बिनी प्रदेश समन्वय समितिको सदस्यमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश संयोजक भोला महत मनोनीत हुनुभएको छ ।

लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मानवअधिकार सम्वन्धी छैठौं राष्ट्रिय कार्ययोजना (आर्थिक वर्ष २०८२÷८३–२०८६÷८७) कार्यान्वयनका लागि गठन गरिएको प्रदेश समन्वय समितिमा नागरिक समाजका प्रतिनिधिका रुपमा इन्सेक लुम्बिनी प्रदेश संयोजक महतलाई मनोनयन गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन संयन्त्रअन्तर्गत प्रदेश समन्वय समितिमा एक जना महिलासहित नागरिक समाजका तीनजना प्रतिनिधि रहने व्यवस्था छ । यसैगरी समितिको सदस्यहरुमा नेपाल कानुन व्यवसायी परिषद्का सदस्य ईश्वरी ज्ञवाली र बाँके जिल्ला बार एशोसिएसनका अध्यक्ष पुनम श्रेष्ठ तथा एक जना दाङबाट पनि मनोनीत गरिएको प्रदेश सचिव वीरेन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

Source: https://nayayougbodh.com/news/2026/08/08/334973