पीडित बालिकाहरुलाई न्यायिक प्रक्रियाका लागि इन्सेकको आर्थिक सहयोग

पाल्पा । २०८३ असोज १७ गते

आफ्नै बाबुले आमाको हत्या गरेपछि बिचल्लीमा परेका रामपुर नगरपालिका–६ तिलकपुरका पाँच दिदी बहिनीलाई न्यायिक प्रक्रियाका लागि सहयोग अन्तरगत इन्सेकले १० हजार रुपियाँ प्रदान गरेको छ ।

३३ वर्षीय केशर बहादुर घर्तीले भदौ २९ गते कुटपिट गरेपछि पत्नी दिलमाया घर्ती कुमालको युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा असोज २ गते मृत्यु भएको थियो ।

पत्नीको हत्या गरेको आरोपमा प्रहरीले केशर बहादुरलाई असोज २ गते गिरफ्तार गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

इन्सेक पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले उक्त रकम केशर बहादुरकी जेठी छोरी निरु घर्तीलाई असोज १४ गते हस्तान्तरण गर्नुभयो । रकम बुझेपछि घर्तीले न्यायीक प्रकृयाको लागि सहयोग गरेकोमा इन्सेकलाई धन्यवाद व्यक्त गर्नुभयो ।

यज्ञमूर्ति तिमिल्सिना