बाढी प्रभावतिको पुर्निर्माणका सवालमा बहस आवश्यक : सरोकारवाला
सुदूर सन्दर्भ डटकम । २०८३ मंसिर ९ गते
रसुवा/लेन्देखोलाहुँदै भोटेकोसी, त्रिशूली नदिमा ०८३ भदौ १० गतेको बाढी प्रभावितको पुनर्निर्माणको सवाललाइ आम बहसको विषय बनाउनु पर्ने सरोकारवालाहरूले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डिसिएको सहकार्यमा ‘भोटेकोशी बाढी प्रभावित नागरिकको मानव अधिकार अवस्था, पूर्वप्रतिवद्धता कार्यान्वयन समीक्षा तथा पुनःस्थापना र पुनर्निर्माणका लागि सरोकारवालाको जवाफदेहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रम’ बाढी प्रभावितको पुनर्निर्माणको सवाललाइ आम बहसको विषय बनाउनु पर्ने सरोकारवालाहरूले माग समेत गरेका हुन् ।
०८३ मङसिर ८ गते उत्तरगया गाउँपालिका ५ मा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि उत्तरगया गाउँपालिका अध्यक्ष माधबप्रसाद अर्यालले विपद् प्रभावितहरुका लागि सात ओटा क्षेत्रमा काम गर्ने बताउनु भयो । उहाँले शिक्षा र स्वास्थ्य, वन, वातावरण र आवास, जीविकोर्पाजन, खानेपानी, पूर्वाधार, संरक्षण, आर्थिक, सामाजिक र सम्पत्ति, धार्मिक, सांस्कृतिक र ऐतिहासिक क्षेत्रका आधारमा विकासका मोडलहरु तयार पारेर बाढी प्रभावितहरुको स्थायी पुनस्थापनाका लागि योजना तयार पारिएको बताउनु भयो । उहाँले बाढी प्रभावितको सवालमा यस्तोखाले बहस अझै आवश्यक रहेको समेत बताउनुभयो ।
उहाँले विपद्को जटिल अवस्थामा सामाजिक संघसंस्थाले जीवन बचाएकाले अब स्थानीय सरकारले प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरी राष्ट्यि तथा अन्र्तराष्टिय गैरसरकारी संस्थाको सहयोगमा विपद्पछिका कामहरु अघि बढाउने बताउनु भयो । उहाँले विपद्का समयमा कोही कसैले कानुनले वर्जित गरेका कार्यहरु गरे दण्डनीय हुने बताउनु भयो । गाँउपालिका अध्यक्षले अर्यालले विद्यालय तहका बालबालिकालाई शिक्षाको आधार एक ढंगले र कक्षा ११ र १२ मा अध्ययनरत वा सो भन्दा तहमा अध्ययनरत विद्यार्थीहरुलाई संघीय सरकारको समन्वयमा सम्बन्धित कलेजहरुलाई पत्राचार गरी निशुल्क शिक्षाको व्यवस्थापन गर्ने बताउनु भयो ।
उहाँले तत्कालै बाढीबाट भत्किएका भग्नावशेषहरुलाई केही समय नभत्काउने बताउने भयो । उहाँले तत्कालै क्षतिग्रस्त भवनहरु भत्काएर अघि बढेमा भोलीका दिनमा विकास निर्माणमा अवरोध हुन सक्ने भएकाले त्यसलाई सोही अनुसार बुझ्न सबैलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका सूचना अधिकारी कृष्ण गौतमले लेन्देहुँदै भोटेकोसी त्रिशूली बाढीबाट प्रभावितहरुको मानव अधिकार रक्षाका लागि इन्सेकले सबै सरोकारवालासँग छलफल गर्दै आएको बताउनु भयो । उहाँले हरेक पीडित परिवारको तथ्यांकसँगै आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार रक्षाका लागि इन्सेक बाढी प्रभावित सबै जिल्लामा अन्तरक्रिया कार्यक्रम गर्दै आएको बताउनु भयो । उहाँले बाढी प्रभावितलाई सरकारले तत्कालै स्थायी आवासको व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले महिला, बालबालिकाको विषय अझ जटिल भएकाले सरकारले एक सेकेण्ड पनि विलम्वन गर्न नहनुे बताउनु भयो ।
अन्तरक्रियामा सहभागीहरुले नेपाल चीन सिमानाबाट लेन्देखोलाहुँदै भोटेकोसी, त्रिशूली नदिमा आएको बाढी प्रभावितहरुको समस्या प्रति सरकार तथा सबै सरोकारहरुको संयुक्त प्रयास आवश्यक रहेको औल्याएका छन् । सामुदायिक आत्मनिर्भर केन्द्रका विश्वास नेपालीले बाढीले क्षति भएको नेपाली ३ महिना बित्न लागेपनि बाढी प्रभावितहरुको पुनस्थापनाका लागि ठोस काम हुन नसकेको बताउनु भयो । उहाँले बाढीका कारण सामाजिक सम्बन्धहरु गुमेको विषयमा सरकार निकै गम्भीर हुन आवश्यक रहेको बताउनु भयो । बाढीका कारण साँकृतिक र धार्मिक धरोहरहरु गुमेकोले त्यसको पुनस्थापना पनि बाढी प्रभावितसँग हुनुपर्ने बताउनुभयो । प्रभावितहरु लामो समय प्रतिक्षामा रहेकोले अब सरकारलाई ढिलाइ गर्ने छुट नभएको बताउनुभयो ।
पछिल्लो समय सरकारलाई दबाब दिनका लागि दवाव समूहहरु गठन भएकाले बाढी प्रभावितहरु एकजुट हुन थालेको स्मरण गराउँदै नेपालीले कानूनी विषयमा छलफल आवश्यक रहेको बताउनु भयो । आवास पुनर्निर्माणको काम अन्यौलमा परेकोले त्यसको थप असर प्रभावितमा पर्न सक्ने भएकोले अझै होल्डिङ सेन्टरमा रहेकाहरुको आधारभूत मानवअधिकार संरक्षणमा समस्या हुने देखिएको नेपालीले बताउनुभयो ।
उत्तरगया गाउँपालिका गाउँपालिका–५ का बाढी प्रभावित दिलकृष्ण श्रेष्ठले सरोकारवालासँग अन्तक्रिया कार्यक्रम राखिदिएकोमा इन्सकेकलाइ धन्यवाद दिदैं बाढीपछि बचेकाहरुको सम्बन्ध टुटेकोले सम्बन्ध जोड्नु पर्ने बताउनुभयो । सरकारले के काम कसरी गरेको छ ? थाहा नभएको अबको काम कसरी अघि बढ्छ ? भन्ने प्रश्न गर्दै जन्मेको ठाउँको माया हुने भन्दै नजिकै सुरक्षित स्थान रहेकोले यहाँ निजि आवास निर्माण गरेर बस्न पाउनुपर्ने धारण राख्नुभयो ।
स्थानीय प्रभावित व्यवसायी गोकर्ण भट्टराईले ठूलो व्यवसाय गरेर बसेका आफुलगायत व्यवसायीहरुको बिस्थापन भएको व्यवसाय सुचारु गर्न समस्या भएको बताउनुभयो । बाढीमा गुमेको व्यवसाय सुरु गर्न चाहन्छु कहाँ कसरी ? पुन ः व्यवसायमा जोडिने राज्यले नदिले बिगारेको जग्गा सुरक्षित स्थानमा तटबन्ध गरेर भएपनि वातावरण बनाउनुपर्नेमा उहाँले जोडदिनुभयो ।
स्थानीय बाढी प्रभावित लेखनाथ अधिकारी यहाँ रहेका सहकारी तथा वित्तिय संस्थाहरु ढलेकाले बचतकर्ताहरुमा समस्या भएको र ब्यवसाय तथा रोजगारी गुमेकाहरुलाइ ठूलो समस्या भएको बताउनुभयो ।
सरकारले बालबालिकाहरुको आवाज सुन्नुपर्ने बताउदै बताउँदै बल पुर्वन धर्म प्रचार गर्ने मान्छेहरुपनि राहत वितरणसँगै आएको बताए । अब प्रभावितहरुको जिविकोपार्जन र आवास निर्माणका क्रममा सबै सामाजिक संघ संस्था र सरकार मिलेर काम गर्नपर्ने बताउनुभयो ।
उत्तरगया गाउँपालिका–५ का पुर्व वडा अध्यक्ष इश्वर थापाले माटोसँगको सम्बन्ध जोडिएकोले छाड्न नसक्ने बताउदै केही संस्थाले राहतको नाममा बिभेद गरेको र धर्मको खेल समेत गरेका छन् । तथ्यांकमा ख्यालगर्नु नहुने बताउँदै बाढीबाट १४७ घर क्षती भएकोमा १९८ घर क्षती भएको तथ्यांक सार्वजनकि भएको बताए । अब राहतमा कोही नअल्मलिन र पुनर्निर्माणमा लाग्न अनुरोध छ । बाढी प्रभातिले कहिले घरभाडा बापतको रकम पाउने ? समयमा माग सुनुवाइ नभए सडकमा छाप्रा हालेर बस्न बाध्य हुने बताए ।
नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाका उपसभापति नीलनाथ आचार्य तथ्यांकमा समस्या भएको विषयमा पुन तथ्यांक लिन परेमा नेपाल रेडक्रस सोसाइटीले तथ्यांक संकलन गर्न तयार रहेको बताए । प्रत्यक्ष प्रभावितहरुले राखेको कुरा जायज भएको सुनुवाइ हुनुपर्ने बताउनुभयो । उहाँले अबको पुनर्निर्माणमा भूकम्पको सिकाइ लिएर काम गर्नुपर्ने बताउनुभयो ।
बाढी प्रभावित संघर्ष समितिका संयोजक विप्लब खडकाले स्थानीय, प्रदेश तथा संघीय सरकारले समन्वयात्मक रुपमा काम गर्नुपर्ने बताउँदै अब राहतको भन्दा पुनस्थापनामा जोड्दिनुपर्ने समय आएको बताउनुभयो ।
उहाँले एतिहासिक, धार्मिक स्थल उत्तरगयाधामको साँस्कृतिक सम्बन्धको समेत पुनस्थापना हुनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनले यस्ता विपत भएको विज्ञले प्रमाणीत गरेकोले प्रभावितले आफ्नो अधिकार स्थापित हुनुपर्ने बताउँदै मनोसामाजिक समस्या देखिन थालेकोले अब आपराधिक घटना बढ्न सक्ने संकेत गर्नुभयो ।
भिमसेन आवि होल्डिङ सेन्टरमा बस्दै आएका रामचन्द्र थापामगरले पैरेवेसीका ४७ घरको पुर्नबासको लागि चाँढै ध्यानदिनुपर्ने बताउनुभयो । हाम्रा छोराछोरी काठमाण्डौ केही नुवाकोटको बिदुरमा छन् कहाँ कति ठाउँमा कोठा भाडामा बस्नै भन्ने अन्यौलमा छौं ।
उत्तरगया गाउँपालिका–५ का वडा अध्यक्ष यमनाथ आचार्यले बाढी प्रभावितको सवालमा राम्रो छलफल भएको बताउदै उहाँले भन्नुभयो यस वडामा रहेको २ वटा वडाको होल्डिङ सेन्टरमा प्रभावितहरु बसेकोले उनीहरुको प्राथमिकतामा ध्यानदिनुपर्ने बताउनुभयो ।
होल्डिङ सेन्टरमा बसेर कोठाभाडा दोहोरो सुविधा नपाउने बताउदै कोठाभाडामा बस्नेहरुलाइ अब चाँढै रकम उपलब्ध गराउनु र बाढी प्रभावितको जलवायु न्यायको विषय अन्तर्राष्ट्रिय स्तरमा उठाउन आवश्यक रहेको बताउनुभयो ।
इन्सेकले सरोकारवाला निकायसँग भोटेकोशी बाढी प्रभावित नागरिकको मानव अधिकार अवस्था, पूर्वप्रतिवद्धता कार्यान्वयन समीक्षा तथा पुनःस्थापना र पुनर्निर्माणका लागि सरोकारवालाको जवाफदेहिता सम्बन्धी सवालमा प्राथमिकतामा राखि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
Source: https://shorturl.at/5N8QM
HUMAN RIGHTS NEWS PORTAL







