अधिकारसँगै नागरिक कर्तव्यका विषयमा जानकार हुनुपर्नेमा जोड
बाँके । २०७८ मङ्सिर ८ गते
मानव अधिकारसँगै नागरिक कर्तव्यबारे आम नागरिक जानकार हुनुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । सिसु, डिसिएको सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय, बाँके र नेपाल पत्रकार महासङ्घ, बाँकेको संयुक्त आयोजनामा मङ्सिर ८ गते डुडुवा गाउँपालिका आयोजित मानव अधिकार सङ्रक्षण तथा सामाजिक विकृति विङ्ंगती विरूद्ध गाउँपालिका स्तरीय समुदाय र प्रहरीबिच छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले उक्त कुरा बताउनु भएको हो ।
प्रजिअ खत्रीले विभिन्न आन्दोलनमा आन्दोलनकारी र प्रहरीबिच मुठभेड हुने घटनाले समुदायमा प्रहरीले मानव अधिकारको रक्षा गर्दैन भन्ने मानसिकता रहेको बताउदै उक्त मानसिकता हटाउन आवश्यक रहेको बताउनु भयो । प्रहरीले समुदायमा प्रहरीले नागरिकपहिले नागरिकहरू आफ्नो अधिकारबाट वञ्चित रहेको बताउदै अहिले अन्तराष्ट्रिय कानुन र महासन्धि बनेपछि नागरिकहरूले अधिकारको प्रत्याभुति गरेको बताउनु भयो । आफूले आर्जन गरेको ज्ञान सीप समुदायमा लैजान सके समाजमा परिवर्तन आउने बताउदै राज्यले बनाएको नितिहरूको जानकारी राख्नु पर्नेमा प्रजिअ खत्रीले जोड दिनु भयो ।
गाउँपालिकाकी उपाध्यक्ष साहिदा बानोले गाउँपालिकाले महिला, बालबालिकाको क्षेत्रमा थुप्रै काम गरेको बताउदै बालिकाहरू शिक्षा लिन सहज होस् भनेर साइकलसमेत वितरण गरिएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले बालबालिकाहरू भोलीका कर्णधार भएकाले बालबालिकाहरू राम्रो कुराहरू सिकाउनु सबैको दायित्व भएको बताउदै बालबालिकाहरू प्रहरी आयोग भने तर्साउने प्रवृत्ति त्याग्नु पर्ने बताउनु भयो ।
एसपी अधिकारीले थुप्रै बच्चाहरू कुलत लागेको पाइएकोले त्यसले पार्ने असर र सजायका बारेमा जानकारी राख्नु पर्ने बताउनु भयो । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले राज्यले सञ्चालन गरेको कार्यक्रमको प्रभावकारीता कस्तो छ भन्ने विषयमा छलफल गर्न आग्रह गर्नु भयो । संयोजक महतले बालबालिकाहरू विद्यालयका समस्याका बारेमा विद्यालयमै पुगेर छलफल गरिने बताउदै मानव अधिकार र कर्तव्यबारे समुदाय सचेत हुनुपर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीले समुदाय र पत्रकारहरूको हकहितका लागि इन्सेकले खेलेको भूमिका उदाहरणीय रहेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुसुदन न्यौपानेले सामाजिक विकृति विसंगती न्युनिकरण गर्न प्रहरीको भुमिका, अधिवक्ता विश्वजित तिवारीले उपभोक्ता अधिकाका विषयमा सहजिकरण गर्नु भएको थियो ।कार्यक्रममा डुडुवा गाउँपालिकामा कार्यरत शिक्षक, विद्यार्थी, मानव अधिकार रक्षक सञ्जालका पदाधिकारी र प्रहरीहरूको सहभागिता रहेको थियो ।
इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज