अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नवलपरासी (सुस्ता पश्चिम) । २०८० असार २० गते

इन्सेक नवलपरासी पश्चिमको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४ का लागि जिल्लामा सङकलन गरिएका घटनाहरू प्रकाशन पूर्व अर्ध वार्षिक पूर्व समीक्षा असार १८ गते  सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुलीले मानव अधिकार उल्लङ्घन र ज्यादतीका ७८ वटा घटना विवरण प्रस्तुत गर्नु भयो । जसमध्ये परिवारजनवाट हत्या दुई, अज्ञात पक्षबा हत्या एक, बाल यौन दुर्व.व्यवहार आठ, अपहरण तथा शरिर बन्धक प्रयास एक, महिला अधिकार अन्तरगत बलात्कार तथा बलात्कार प्रयास १२, घरेलु हिंसा ४८, बहुबिवाह तीन र जातीय विभेद तीन वटा घटना रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्ला प्रहरी कार्यालयलगायत अन्य कार्यालयमा मानव अधिकार उल्लघंन विरूद्ध दर्ता हुन आएका घटनाहरू पनि नछुटाउन जोड दिनु भयो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी मानबहादुर खड्का, जिल्ला अदालतका श्रेस्तेदार प्रेमप्रसाद पौडेल, एसपी काजीकुमार अचार्य, सशस्त्र प्रहरीका एसपी  धिरेन्द्रराज न्यौपाने, जिल्ला अनुसन्धान उपनिर्देशक अशोकराज भट्टका साथै राजनीतिक दल र मानव अधिकारकर्मीहरूको उपस्थिती रहेको थियो ।

नारायण पराजुली