इन्सेकद्वारा निर्वाचन पूर्वको अवस्था बारे सरोकारवालाहरूसँग छलफल
प्यूठान । २०७९ मङ्सिर १ गते
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको टोलीले जिल्लामा निर्वाचन पूर्व को अवस्था बारे कात्तिक ३० गते सरोकारवालाहरु सँग छलफल गरेको छ । इन्सेक कार्य समिति सदस्य शोभाकर बुढाथोकी, लुम्बिनी प्रदेश संयोजक भोला महत र केन्द्रिय कार्यालयका कृष्ण गौतम सम्मिलित टोलीले जिल्लाका अधिकारर्मी र पत्रकाहरू सँग निर्वाचनको तयारी, मतदाता शिक्षाको प्रभावकारिता, आचारसंहिताको पालन र निर्वाचन बहिष्कार गर्ने पक्षको अवस्थाका बारेमा छलफल गरेको थियो ।
छलफल क्रममा जिल्लामा मतदाता शिक्षा प्रभावकारिता नभएको कान्तिपुर समाचारदाता सम्शेरविक्रम जिसीले बताउनु भयो । अधिकारकर्मी पार्वता श्रेष्ठले मतदान स्थमा वृद्ध र अपाङ्गता भएकालाई लैजान र ल्यानको लागि सहजता नभएको बताउनु भयो । मानवअधिकार संगठनका जिल्ला अध्यक्ष मेघराज भट्ले निर्वाचन प्रचार प्रसारको समयमा राजनीतिक दलहरूले आचार संहिता बिपरित ठुला झण्डा र साउण्ड सिस्टमको प्रयोग गरेको बताउनु भयो ।
रविन्द्र पाण्डे