








धनुषा । २०८० असार ९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा धनुषाको मिथिला नगरपालिका स्थित श्री जनता माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहका पदाधिकारीहरूसँग ०८० असार ८ गते मानव अधिकार कार्यक्रम तथा अगामी रणनीति बारे छलफल गरिएको छ ।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, मानव अधिकार शिक्षा कार्यक्रम का केन्द्रिय फोकल पर्सन सोना प्याकुरेल, कार्यक्रम फोकल पर्सन बरुण बस्याल, जिल्ला सहजकर्ता अनिता यादवसहितको उपस्थितमा गरिएको छलफल कार्यक्रममा बाल अधिकार सचेतना समूहले यस वर्ष गरेका विभिन्न क्रियाकलाप तथा उपलब्धी बारे छलफल गर्नुको साथै अगामी रणनीति बारे समेत छलफल गरिएको थियो । महेन्द्र माध्यमिक विद्यालयका बाल अधिकार समूहसँगको छलफल कार्यक्रममा सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्देश्वर महतोको पनि उपस्थिति रहेको इन्सेक धनुषा जिल्ला सहजकर्ता अनिता यादवले बताउनु भयो ।
अजयकुमार साह