उद्योग प्रतिष्ठानका रोजगारदाता र व्यवस्थापनबीच श्रमिकहरूको मानव अधिकार अवस्था बारे अनुगमन

मकवानपुर । २०८० असार ९ गते

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको टोलिले उद्योग प्रतिष्ठानका रोजगारदाता र व्यवस्थापनबीच श्रमिकहरूको मानव अधिकार अवस्था बारे हेटौँडाका उद्योग प्रतिष्ठानको अनुगमन सम्पन्न भएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय, सो क्षेत्र भित्र रहेको एशिएन पेन्टस् र औद्योगिक क्षेत्र बाहिर रहेको शिवम् सिमिन्ट प्रालिको अनुगमनमा उद्योगको योगदान, श्रमको सम्मान र श्रमिकको अधिकारको अवस्था विषयमा समेत छलफल भएको थियो ।अनुगमनमा आयोगका बागमती प्रदेश प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारी इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी र प्रलेख अधिकृत सोम नेपाली तथा आयोगका प्रशासन प्रमुख लोकनाथ घिमिरेले ०८० असार ८ गते शिवम सिमेन्ट लिमिटेडमा कार्यरत मजदुरहरूका पारिश्रमिक स्वास्थ्य बीमा तथा उद्योगले पारेको वातावरणीय प्रभाव र उद्योगले रोजगारी र राजश्वमा पुर्‍याएको योगदानका विषयमा उद्योगका उपाध्यक्ष रामजीप्रसाद चौरसियासँग जानकारी लिएको थियो । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख यज्ञप्रसाद अधिकारीले संविधान तथा कानुनले प्रत्याभूत गरेको अधिकारको उपभोग सुनिश्चित गर्ने, मानव अधिकारप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व कार्यान्वयन गर्दै श्रमको सम्मान र श्रमिकको अधिकारको प्रवर्धन गर्ने उद्देश्य पुरा गर्न आग्रह गर्नुभयो । आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले संयुक्त राट्रसंघले जारी गरेको विकास र मानव अधिकारसम्बन्धी निर्देशिकाले तोकेको व्यवसाय र मानव अधिकारका विषयमा जानकारी गराउनु भएको थियो ।

प्रमुख सहसचिव अधिकारीले उद्योग प्रतिष्ठान, व्यवस्थापन र श्रमिकबीचको सम्बन्ध तथा आइएलओ तथा नेपालको संविधान र श्रम ऐन २०७५ ले गरेको व्यवस्था कार्यन्वयनको अवस्था बारे बागमती प्रदेशका मझौला तथा ठूला गरी ५० ओटा उद्योगका व्यवस्थापन र ३ सय मजदुरबीच सर्वेक्षण गर्ने कार्यक्रम रहेको र यसले उद्योगीको अवस्था र आवश्यकता तथा मजदुरको मानव अधिकारको अवस्था र यसमा राज्यको दायित्व र आगामी दिनको भूमिका बारेमा एउटा तथ्य बाहिर आउने उल्लेख गर्नुभयो । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले नेपालमा सबै श्रम र श्रमिकको अधिकार रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको भूमिका महत्वपूर्ण भएको बताउँदै संविधानले प्रदान गरेका हकलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । वातावरणीय प्रभावलाई न्यूनीकरण गर्न र खानी सञ्चालन भएका पालिकाहरूको दीगो विकासका लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा उद्योगको भूमिका रहेको र त्यसलाई उद्योगले दायित्वको रूपमा ग्रहण गरेको चौरसियाको भनाई थियो । उपप्रमुख चौरसियाले सरकारले तोकेको न्यूनतम पारिश्रमिकमा आफ्ना उद्योग, कलकारखानामा काम गर्ने रोजगारदाताको प्रभावमा कानुन बमोजिम उपलब्ध गराएको बताउनु भयो । श्रमिकको सामाजिक सुरक्षा कोषको समेत व्यवस्था गरी श्रम ऐन २०७५ ले दिएका सबै अधिकार कार्यान्वयनमा उद्योग सँधै तत्पर रहेको बताउनु भयो ।

     

उद्योगमा कार्यरत मजदुरहरूको प्रतिनिधित्व गर्दै ट्रेड युनियनका अध्यक्ष शम्भु लामाले मजदुरहरूलाई आफ्ना अधिकारको सुनिश्चतता गर्दै आफ्नो कर्तव्यको बारे पनि बुझाउने गरेको बताउनु भयो । लामाले उद्योग बन्द हुँदा मजदुरकै रोजिरोटी गुम्ने तर मजदुरका अधिकारलाई दाउमा राखेर उद्योग चलाउने भन्दा पनि उद्योगी र मजदुरबीच नङ र मासुको सम्बन्धका आधार कायम राखेर हिँड्ने गरेकाले उद्योगमा बन्द हड्तालले प्रशय नपाएको उल्लेख गर्नुभयो । छलफलमा शिवम सिमेन्ट काराखानाका उपाध्यक्ष चौरसिया, नवल किशोर, मानव सशाधन प्रमुख सुशीला दाहाल, व्यवस्थपन प्रमुख अच्युत अधिकारी, ट्रेड युनियनका अध्यक्ष लामा सहभागी हुनुभएको थियो । यसैगरी अनुगमनमा आयोगका बागमती प्रदेश प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारी, इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी र आयोगका प्रशासन प्रमुख लोकनाथ घिमिरेले असार ७ गते हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विनाडी, प्रशासकीय अधिकृत सुशीला लामा तथा एशिएन पेन्टसका मानव संशाधन प्रमुख प्रमोद आचार्य, सुधिर ढुङ्गेल, विक्रमकुमार संजेल लगायसँग अन्तरक्रिया सम्पन्न गरेको थियो । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विडानीले उद्योग सञ्चालनमा सरकारले हात झिक्नुमा श्रम संकृतिको अभाव हुँदा मजदुरलाई काममा लगाउन नसक्नु रहेको बताउनु भयो ।

श्रमिकले आफ्नो श्रम उद्योगमा नलगाउने र हाजिरी गरेवापत मासिक तलब पाक्ने र काम गरे वापत थप लाभ वा पारिश्रमिकको लागि बन्द हड्ताल गर्ने अवस्था हुँदा सरकारी उद्योग धरासयी मात्र हैन बन्द हुँदै गएको उल्लेख गर्नुभयो । एशिएन पेन्टसका आचार्यले श्रम अडिट, श्रमिकको स्वास्थ्य बीमा, कार्य क्षेत्रमा मजदुरको सुरक्षा मापदण्डका आधारभूत आवश्यता पुरा गर्नमा कुनै कमी नरहेको बताउनु भयो । एशिएन पेन्टसका सुधिर ढुङ्गेलले वातावरणीय सुरक्षाका लागि उद्योगको नीति नै रहेको र सो नीति अनुसार पानी प्रशोधन गरी पुनः प्रयोग ल्याइने, १० प्रतिशत भन्दा बढी वेष्टेज ननिकाल्ने र त्यसलाई रसायन मुक्त गरेर कवाडी वा पुनः प्रयोग हुने वस्तुलाई बजार पठाउने गरिएको जानकारी दिनु भयो । एशिएन कै विक्रम  सञ्जेलले उद्योगको उत्पादन कक्षको अवलोकन गराउँदै श्रमिकहरूको मानव अधिकार संरक्षमा व्यवस्थापन प्रतिवद्ध रहेको जानकारी गराउनु भयो ।

 

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा