कानुनी प्रक्रियामा जानको लागि इन्सेकको सहयोग
सुर्खेत । २०८२ वैशाख २५ गते
दैलेख नारायण नगरपालिका–१ घर भइ अपाङ्ग शिक्षकको रूपमा कार्यरत कुमार गौतमलाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी सहायता जानका लागि १० हजार रुपियाँ सहयोग गरेको छ ।
नगरपालिकाको अस्थायी शिक्षकको सेवा सुविधाबाट वञ्चित भएको विषयमा न्यायिक प्रक्रियामा जानका लागि आर्थिक सहयोग गरिपाउँ भनी वैशाख १८ गते पीडितले इन्सेक कर्णाली प्रदेश कार्यालयमा निवेदन दिनुभएको थियो । ०८२ वैशाख २३ गते इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । वैशाख १९ गते बसेको कर्णाली प्रदेश स्तरीय मानव अधिकार सहायता कक्षको बैठकले उहाँलाई सहयोग गर्ने निर्णय गरेको थियो ।
पीडितलाई कानुनी प्रक्रियामा जानका लागि आउँदा जाँदा यातायात भाडा, फोटोकपी र अदालतमा तिर्नुपर्ने रकममा सहज होस् भनेर उक्त रकम सहयोग गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनु भयो ।
जगतदल जनाला विक
HUMAN RIGHTS NEWS PORTAL






