नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ वार्षिक सम्पादन भेला सुरु

काभ्रे । २०८० पुस २ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को वार्षिक सम्पादन भेला पुस २ गते धुलिखेलमा सुरु गरेको छ । इन्सेकले ७७ ओटै जिल्लामा अभिलेख गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको तथ्य र सूचना सम्पादन गर्न सम्पादन भेला आयोजना गरिएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भयो । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को सम्पादन भेलालाई सम्बोधन गर्दै इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले प्राप्त सम्पादन भेलाले सूचना पुष्टि पुनर्पुष्टि गर्नलाई सहयोग पुर्‍याएको बताउनु भयो । पुस्तकका लागि गर्ने प्रमाणिक रूपमा पनि तत्यपरक हुन आवश्यक रहेको बताउनु भयो ।

       

उहाँले वर्ष पुस्तकको आलेखलाई विज्ञको सुझाव लिन र तथ्याङ्कको पुष्टि गर्न पनि आवश्यकता रहेको उल्लेख गर्नुभयो । नेपाल मानव अधिकार वर्ष पुस्तकलाई गुणस्तर बनाउन उद्दरणको प्रयोग बढाउन सकिने उहाँको धारणा थियो । सम्पादन भेलामा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम‌ले भेलालाई स्वागत गर्दै दुई दिने सम्पादन भेलाबाट नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ लाई आवश्यक सूचना र तथ्यको सम्पादन गरिने बताउनु भयो । कार्यक्रमको सहजिकरण गर्दै इन्सेक अनलाइनका प्रधान सम्पादक मदन पौडेलले इन्सेकले सामाजिक न्याय र मानव अधिकारका लागि इन्सेक केन्द्रीय कार्यालयका टोली र सात ओटै प्रदेशका प्रदेश कार्यालयमार्फत् मानव अधिकारको अवस्थाको बारेमा तथ्याङ्क सहित विश्लेषणात्मक विवरण सङ्कलन भई त्यसको सम्पादन भइरहेको उल्लेख गर्नुभयो ।

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा