नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
अछाम । २०७८ पुस ५ गते
इन्सेक अछामको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ४ गते मंगलसेनमा सम्पन्न भएको छ । सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसिम्बरसम्म सङ्कलन गरेरका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको पुनर्पुष्टि गर्नका लागि पूर्व समीक्षा गोष्ठीको आयोजना गरिएको हो । इन्सेक अछाम प्रतिनिधि शिवराज ढुङ्गानाले सन् २०२१ म जिल्लामा भएका मानव अधकिार उल्लङ्घनका ४० ओटा घटनाहरु प्रस्तुत गर्नुको साथै जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा सरोकारवलाहरुलई जानकारी गराएका थिए ।
मानव अधिकार हनन्का घटनामा आधारित समीक्षा कार्यक्रमले मानव अधिकारको संरक्षण, सम्वद्र्धन र उचित न्यायमा सहज हुने प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताउनु भयो । मानवअधिकार हनन् हुन नदिन पूर्वसन्ध्या र घटनापश्चात सबैले जिम्मेवार भएर काम गर्नु पर्ने र पीडितको न्याय र पीडकलाई कारवाहीका लागि सबैको पहल आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी मरासेनीले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी तुलसीराम अर्यालले वास्तविक घटनाका पीडितको न्याय हुने गरेर प्रहरीले काम गरिरहेको बताउनु भयो । उहाँले सामाजिक, सास्कृतिक तथा आर्थिक रुपमा भएका मानव अधिकार हनन्का घटनाहरुको पनि अभिलेखिकरण गर्नु पर्ने र घरेलु ंिहंसाको कानुनमा समय सापेक्षित परिवर्तन नभएकोले घरेलु हिंसाका घटनामा मिलापत्र गर्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।
नेपाल बार एशोसिएसन, अछामका अध्यक्ष कृष्णप्रसाद ढुङ्गानाले पीडितलाई न्यायसँगै तत्काल राहत दिने अभ्यासको सुरुवाती हनुपर्ने बताउनु भयो । महिला अधिकारकर्मी बिन्दु रावलले समाजमा महिलाहरु घरेलु हिंसामा परेपनि न्यायका लागि सहज रुपमा आउन नसकेको भनाइ राख्नु भयो । जिल्ला सरकारी वकिल कार्यालयका सहन्याधिवक्ता कौशलराज शर्माले प्रहरी र अदालतमा पुगेका महिला पीडित भएको अधिकांस घटनामा ‘होस्टाइल’ हुने समस्या रहेकोले यसका लागि नागरिक समाजको निरन्तर सहयोग र समन्वयको आवश्यकता रहेको बताउनु भयो ।
शिवराज ढुङ्गाना