इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको बैठक ०८३ भदौ ११ गते धनगढीमा सम्पन्न भएको छ ।
इन्सेक सुदूरपिश्चम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले सुदूरपश्चिम प्रदेशको वर्तमान मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराउँदै मानव अधिकार रक्षक सञ्जालले पनि मानव अधिकारसँग सम्बन्धित सवालहरुमा योजना बनाएर कार्य गर्न आवश्यक भएको बताउनु भयो ।

लामो समयदेखि महिलाहरु विभिन्न प्रकारको हिंसाबाट पीडित हुँदै आएको भए पनि हिंसापीडित महिलाहरुको लागि सुदूरपश्चिम प्रदेशमा सुरक्षित आवस गृह निर्माण नभएकोले आवस गृह निर्माणका लागि सरकारलाई दवाव दिने, मानव अधिकारसम्बन्धी छैठौँ राष्ट्रिय कार्य योजना कार्यान्वयका लागि राज्यका निकायहरुसँग सहकार्य तथा समन्वय गर्ने, एकल महिला राहत कोष कार्यान्वयनका लागि दवाव दिने र यही भदौ १० गते भोटे कोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई सहयोग गर्न बिभिन्न संघसस्थाहरुलाई आग्रम गर्ने र प्राप्त सहयोग रकम एकद्धार प्रमाणीबाट सरकारलाई हस्तान्तरण गर्ने मानव अधिकार रक्षक सञ्जालको बैठकमा निर्णय गरिएको छ ।
व्यापार, व्यावसाय तथा कलकारखानमा काम गरिरहेका श्रमिकहरुको आधारभूत अधिकारको संरक्षण हुन नसकको गुनासोहरु आउने गरेका कारण आगामी दिनमा यस क्षेत्रमा क्रियाशिल उद्योग, व्यवसायीहरुको सहभागितामा व्यवसाय र मानव अधिकारसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय समेत गरिएको मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष देवप्रसाद खनालले बताउनु भयो ।
HUMAN RIGHTS NEWS PORTAL







