








धनुषा । २०८० वैशाख ८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा २०८० वैशाख ७ गते प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार सचेतना समूहको बैठक सम्पन्न गरिएको छ । इन्सेक मधेस प्रदेश कार्यालय जनकपुरधाममा भएको सो बैठकमा मानव अधिकारमैत्री समाज निर्माणका लागि बाल अधिकार समूह र मानव अधिकार समूहले दुई वर्षे कार्ययोजना निर्माण गरेका छन् । उक्त कार्ययोजनाले शिक्षा, स्वास्थ्य, वातावरण र विभेद विरुद्धका हकहरूको संरक्षण र संर्वद्धन गर्दै स्थानिय तहमा मानव अधिकार शिक्षालाई प्भावकारी बनाउने लक्ष्य राखेको मानव अधिकार समूहका अध्यक्ष पुजा साहले बताउनु भयो । मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना (०७७/७८–८१/८२ ) अनुसार स्थानिय तह समन्वय समिति गठनका लागि माग गर्ने, वडा स्तरीय मानव अधिकार समूह गठन गर्ने र पाँचौँ राष्ट्रिय कार्ययोजनाको मर्म अनुरुप मानव अधिकार मैत्री समाज निर्माणका लागि अवधारणा पत्र तयार गरी स्थानिय सरकार समक्ष कार्यक्रम र अभियान सञ्चालनका लागि माग गर्ने निर्णय गरिएको मानव अधिकार समूहका सचिव दिवेश कुमार महतोले बताउनु भयो । त्यस्तै इन्सेकले फागुन २९ गते गठन गरेको मधेस प्रदेश स्तरीय बाल अधिकार सचेतना समूहका अध्यक्ष हरिचन्द« साहले मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनामा बाल अधिकार र बाल न्याय अन्र्तगत उल्लेख गरिएका कार्ययोजनाहरूको यथाशिघ्र कार्यान्वयन गराउन स्थानिय तहको योजना शाखामा ध्यानाकर्षण गराउने निर्णय गरेको बताउनु भयो ।
त्यस्तै समूहकी कोषाध्यक्ष उमा कुमारी महतोले बटेश्वर गाँउपालिकाको शिवशक्ति माद्यमिक विद्यालयमा विगत ६ महिना देखि विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेकोले उक्त समस्याको यथाशिघ्र समाधानका लागी मधेस प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयमा ध्यानाकर्षण गर।उने निर्णय गरिएको जानकारी गराउनु भयो । साथै लक्ष्मी माद्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका अध्यक्ष रुपेश कुमार सिंहलाई प्रदेश स्तरीय बाल अधिकार सचेतना समूहको सदस्यको रुपमा सर्वसम्मत निर्वाचित गरिएको समूहका सचिव राज यादवले बताउनु भयो । बैठकमा इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानले स्थानिय स्तरमा मानव अधिकार समूह र बाल अधिकार समूहले पहिचान गरेका तर समाधान हुन नसकेका समस्याहरूलाई प्रदेशस्तरको मानव अधिकार समूह र बाल अधिकार सचेतना समूह मार्फत समाधानका लागी नेतृत्व लिन समूहका पदाधिकारी र सदस्यहरूलाई अनुरोध गर्नु भयो । त्यस्तै इन्सेक मधेस प्रदेश कार्यालयका सहायक अधिकृत बरुण बस्यालले मानव अधिकारमैत्री समाज निर्माणका लागि तर्जुमा गरिएको अवधारणा पत्र प्रस्तुत गर्दै मानव अधिकार समूह र बाल अधिकार सचेतना समूह मार्फत मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको प्रभावकारी लागि जनप्रतिनिधि, कर्मचारी र नागरिक समाजलाई सचेत र जिम्मेवार बनाउदै लैजाने बताउँनु भयो । बैठकमा धनुषा र सप्तरी जिल्लाबाट दुई समूहका कुल १७ जनाको सहभागिता रहेको थियो ।
इन्सेक मधेस प्रदेश कार्यालय