बाल अधिकार चेतना समुहको क्षमता अभिबृद्धि तालिम सम्पन्न

कैलाली । २०७९ असोज ३१ गते

इन्सेक र मानव अधिकार समुहको सयुक्त आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समुहको क्षमता अभिबृद्धि तालिम बेलौरीमा असोज ३० गते सम्पन्न भएको छ । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बलौरी नरपालिकामा मानव अधिकार दृष्टिकोणले जोखिममा रहेकाले यहाँका विकृती विसंगती हटाउन भौतिक विकास भन्दा नैतिक र समाजिक तथा मानव अधिकारको आवश्यकता रहेकाले इन्सेकले सञ्चालन गरेको यस अभियानमा आफूहरुको पूर्ण साथ, समर्थन र सहयोग रहने प्रतिबद्धता जाहेर गर्नु भयो । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले बेलौरी नगरपालिकालाई मानव अधिकरमैत्री बनाउन र समाजमा व्यप्त विकृती, विसंगती हटाउन, चेतना अभिबृद्धी गर्न र पालिकाको योजना कार्यान्वयन गर्न मानव अधिकार समुहले सहयोग गर्ने बताउँदै भौतिक विकासका साथै मानविय विकास आजको आवश्यकता भएको बताउनु भयो ।

 

बेलौरी  नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलबिर चौधरीले बाल अधिकारको संरक्षण र सम्वर्र्धनका लागि इन्सेकले आफ्नो नगरपालिकाका विद्यालयहरु छनौट गरी इन्सेकले सचेतना अभिबृद्धि गर्ने कार्य सकारात्म र आवश्यक भएकोल आफूले कार्यक्रम सफल गर्न पूर्ण सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । बेलौरी नगरपालिकास्तरीय मानव अधिकार समुहका अध्यक्ष गोविन्दप्रसाद सापकोटाले बालबालिकाहरु भोलीका कर्णधार र समाजका सम्पत्ति भएकोले उनीहरुको अधिकारको संरक्षणका लागि स्थानीय सरकार बढी जिम्मेवार भएर लाग्नु पर्ने बताउँदै सकारात्म कार्यका लागि मानव अधिकार समुहले नगरपालिकालाई पूर्ण सहयोग र खबरदारी गर्ने बताउनु भयो । दुई दिनसम्म सञ्चालन भएको क्षमता अभिबृद्धि तालिमा बाल अधिकार र बालश्रम, नेपालमा बाल अधिकारसम्बन्धी कानुनी व्यावस्था तथा बाल अधिकारसम्बन्धी अन्र्तराष्ट्रिय कानुन, लैङ्गिक हिंसा र जातीय छुवाछुत, बालभित्ते पत्रिका प्रकाशन, बालबालिकाहरुको भूमिका, सङ्गठन व्यावस्थापन र नेतृत्व शैली, बाल अधिकार र जिम्मेवारी लगायतका बिषयमा इन्सेक प्रदेश कार्यालय, धनगढीका संयोज खडकराज जोशी लगायतले सहजीकरण गर्नु भएको थियो ।

मैनामोती चौधरी