बाल अधिकार चेतना समूह पुनर्गठन

कपिलवस्तु । २०८० असोज १८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको सहयोग र बाल अधिकार चेतना समूहको आयोजनामा कपिलवस्तु नगरपालिका– ३ स्थित यशोधरा माविमा असोज १७ गते बाल अधिकार चेतना समूहको पुर्नगठन सम्पन्न भएको छ । विद्यार्थीहरूको भेलाले समूहका उपाध्यक्ष स्नेहा कान्दुको अध्यक्षतामा १५ सदस्यीय बाल अधिकार चेतना समूह पुर्नगठन गरिएको हो । जसको अध्यक्षमा रामनारायण गुप्ता, सचिव मुकेश पासवान, सह सचिव रिजवान मनिहार र कोषाध्यक्षमा मन्सा कान्दु चयन भएका छन् । यसैगरी, सदस्यहरूमा हसिना खातुन , रुविना खातुन ,  खुशी पाण्डेय , दिपेन्द्र चौधरी, रमन कान्दु ,अनमोल बर्मा , सरस्वती कहार , सुमन कोहार , अनिस खान लगायत रहेका छन् भने विद्यालयका शिक्षक बिकास कुमार बञ्जाडेलाई संरक्षक शिक्षकमा चयन हुनु भएको छ ।

कार्यक्रममा कपिलवस्तु नगरपालिका –३ का वडा अध्यक्ष प्रकाश गैरेले समाजमा विभिन्न किसिमका बिसङ्गतीहरू बढ्दै गइरहेको बेला विद्यालय स्तरिय बाल अधिकार चेतना समूह गठनले बाल बालिकाहरूको क्षमता अभिवृद्धि हुने बताउनु भयो । अध्यक्ष गैरेले पुनर्गठित बाल अधिकार चेतना समूहका पदाधिकारीहरूलाई आफू सचेत हुँदै समाज परिबर्तन गर्न सक्ने क्षमता अभिबृद्धि होस भन्ने शुभकामना दिनुका साथै वडाबाट बालबालिकाहरूको लागि पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनु भयो । यस्तै बाल अधिकारको सुनिश्चित गर्न यस समूहको अहम भूमिका रहने बताउनु भयो । इन्सेकले  शिक्षा , स्वास्थ्य , जातीय विभेद , वातावरण लगायतका विषयमा ग्रामिण क्षेत्रमासमेत पुगेर बिभिन्न अभियानहरु सञ्चालन गरि नागरिकहरुलाई सचेत बनाउँदै आएको छ ।

पार्वती आचार्य