बाल विवाह विरुद्ध सडक नाटक प्रदर्शन
सुर्खेत । २०८० वैशाख २५ गते
पञ्चपुरी नगरपालिका–२ स्थित सुर्यप्रकाश माविमा इन्सेकद्धारा गठित सिर्जनशिल बाल अधिकार समूहको आयोजना तथा इन्सेकको सहयोगमा ०८० वैशाख २१ गते बाल विवाह विरूद्ध सडक नाटक सम्पन्न भयो । पञ्चपुरी नगरपालिकामा बढदो बालविवाहका विरुद्ध सचेतिकरण गर्ने उद्देश्यले प्रस्तुत गरिएको सडक नाटकमा सानो उमेरमा विवाह गर्दा बालबालिकाहरु शिक्षाबाट वञ्चित हुने, घरेलु हिंसामा पर्ने र स्वास्थ्यमा गम्भीर असर पार्ने जस्ता विषयहरु समेटिएका थिए ।
सडक नाटक कार्यक्रम समापन गर्दै सुर्यप्रकाश माविका प्रधानाध्यापक गणेशकुमार ढकालले बालबिबाह गर्नु कानुनी अपराध भएकोले यस्ता सडक नाटकले बालविवाहमा कमी ल्याउन सहयोग पुग्ने बताए । कार्यक्रममा सुर्यप्रकाश मावि विद्यालय व्यवस्थापन ससिमतिका सदस्य, बाल अधिकार समुहका सदस्य, शिक्षक, विद्यार्थी र स्थानीयबासीको उपस्थिती रहेको थियो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत