मनहरीमा विद्यार्थीका लागि बाल अधिकार सम्बन्धी दुई दिने तालिम सम्पन्न

मकवानपुुर । २०७९ पुस ७ गते

मनहरीका विद्यार्थीहरूलाई आयोजित बाल अधिकार सम्बन्धी दई दिने तालिम ०७९ पुस ६ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस ५ गतेबाट भएको तालिममा मनहरी-४ स्थित पशुपतिनाथ माविका १३ जना, मनहरी-७ को राष्ट्रिय रोटरी माविका १५ जना र एक-एक जना शिक्षक प्रतिनिधी गरि ३० जना सहभागी थिए । विद्यालयमा संगठित बाल अधिकार समूहमा आबद्द बालबालिकाहरू सहभागी रहेको तालिममा बाल अधिकार र बाल अधिकार चेतना समूहका लागि क्षमता अभिवृद्धिका लागि तालिम गरिएको इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीले बताउनुभयो । तालिममा बालबालिकाहरूलाई बाल अधिकारको सामान्य ज्ञान, राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी व्यवस्था, नेपालको संबिधानमा उल्लेखित व्यवस्था, बाल अधिकार किन बेग्लै महासंधिका रूपमा आयो जस्ता बिषयमा जानकारी तथा छलफल गराई बाल बालिकालाई सचेतना एवं क्षमता अभिवृद्दि गराईने संयोजक भण्डारीले बताउनुभयो ।

   

मनहरी र राक्सिराङ गाउँपालिका कार्य क्षेत्र रहेको संस्थाले मानव अधिकारका क्षेत्रमा कार्य गर्दै आईरहेको छ भने पालिकाको प्रत्येक विद्यालयमा बाल अधिकार समूह गठन गरिसकेको इन्सेक सहजकर्ता सलिना गौतमले बताउनुभयो । बालबालिकाहरूलाई बाल अधिकार एवम् मानव अधिकारका सवालमा सचेत गराउन सके भावि दिनमा मानव अधिकार र बालअधिकार जस्ता संवेदनशील बिषयमा सचेत नागरिक एवं सभ्य समाज निर्माणमा सहयोग पुग्ने रोटरी माविका सहायक प्रधानाध्यापक तथा संरक्षक शिक्षक सादुराम रिजाले बताउनुभयो । इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीको अध्यक्षतामा पशुपतिनाथ माविका संरक्षक शिक्षक ईश्वर रिजाल, रोटरी माविका सहायक प्रधानाध्यापक तथा संरक्षक शिक्षक साधुराम रिजाल, रेडियो मनहरीका प्रबन्ध निर्देशक शिब कुमार रिजाल (काशी), इन्सेक फोकल पर्शन बालुका न्यौपाने लगायतको आतिथ्यता रहेको थियो भने स्वागत तथा उद्धेश्य बालुका न्यौपाने र इन्सेकको अभियान सम्बन्धी शिब कुमार रिजालले प्रकाश पार्नु भएको थियो ।

पुष्पराज अधिकारी