मानव अधिकारका सवाललाई पार्टीको घोषणा–पत्रमा उल्लेख गर्ने प्रतिवद्धता
कैलाली । २०७८ चैत ३० गते
गोदावरी नगरपालिकास्तरीय मानव अधिकार समुहको टोलीले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको संवोधनका लागि राजनीतिक दलले तयार गर्ने स्थानीय तह निर्वाचन घोषण–पत्रमा समावेश गर्न जिल्लास्थित राजनीतिक दललाई चैत २९ गते आठ बुँदे माग सहितको ज्ञापन–पत्र बुझाएको छ । जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरुलाई भेटर मानव अधिकार समुहको टोलीले सो ज्ञापन–पत्र बुझाएका हुन् । ज्ञापन–पत्र बुझ्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नगर कार्य समितिका उपाध्यक्ष दिनेश शाहले ज्ञापन–पत्रमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासका बिषयमा उल्लेख गरिएका सवालहरूलाई पार्टीले गम्भीर रुपमा उठान गर्दै समस्या समाधान तर्फ लाग्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।
नेकपा एमालेका नगर कमिटीका अध्यक्ष गणेश महराले ज्ञापन–पत्रमा उल्लेख गरिएका विषयलाई पार्टीको घोषणा–पत्रमा समावेश गर्ने र आम नागरिकहरूको अधिकार सुनिश्चित गर्न सदैव तत्पर रहेको बताउनु भयो । नेपाली कांग्रेस नगरकार्य समितिका सभापती बिरबहादुर चोखालले उल्लेख गरिएका विषयलाई पार्टीको घोषणा–पत्रमा समावेश गर्ने प्रतिवद्धता जनाउँदै ज्ञापन–पत्रमा उल्लेख गरिएका शिक्षा , स्वाथ्य, खाद्य र आवासको अधिकारको उपभोग गर्ने वातारण बनाउन पार्टी प्रतिवद्ध रहेको बताउनु भयो । नेकपा समाजबादीका नगर कमिकिा सचिव लक्ष्मण बोगटीले मानव अधिकारका सवाल अहिलेको आवश्यकता रहेकाले आफ्नो पार्टीको घोषणा–पत्रमा समावेश गर्न आवश्यक रहेको बताउनु भयो ।
मैनामोती चौधरी