मानव अधिकारसम्बन्धी दुई दिने तालिम सुरु
कास्की । २०७९ मङ्सिर १५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा माछापुच्छ्रे गाउँपालिकामा मानव अधिकार समूहका सदस्य र सरोकारवालाहरूका लागि मङसिर १५ गतेदेखि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरू भएको छ । मानव अधिकारको अवधारणा, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, जनवकालत, शिक्षा, स्वास्थ्य, वातावरण र जातीय विभेद विरुद्धको अधिकारसम्बन्धी गाउँपालिकाको नीति तथा कार्यक्रम र कार्यान्वयनको अवस्थाका बारेमा तालिममा छलफल गरिने इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले बताउनु भयो ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले लक्षित वर्गहरूको हक अधिकारको लागि मानव अधिकार समूहसँग सहकार्य गर्दै मानव अधिकारमैत्री काम गर्ने बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेशकी प्रमुख मायादेवी शर्माले क्षमतामा अभिबृद्धि तालिमहरू निरन्तर गरिरहनु पर्ने बताउनु भयो ।
इन्सेक गण्डकी प्रदेश कार्यालय