मानव अधिकार रक्षकहरुको क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न
कैलाली । २०८१ जेठ १६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार रक्षकहरुको लागि क्षमता अभिबृद्धि कार्यक्रम ०८१ जेठ १६ गते धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार रक्षकहरुले मानव अधिकारको अनुगमन गरी, नागरिकलाई कर्तव्यनिष्ठ बनाउदै, जनताका कुण्ठित भएका आवाज उठान गरी राज्यलाई खबरदरी र जवाफदेही बनाउनु पर्ने बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख हरी ज्ञवालीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र सिमान्तकृत वर्गको अधिकार संरक्षण, मानव अधिकार अनुगमन, तथ्य संलकन एवंम अनुसन्धान र मानव अधिकारको सम्मान तथा संरक्षणका लागि राज्यको दावित्व विषयमा सहजीकरण गर्नुभएको थियो ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले घटनाको अनुगमन र सूचना संकलन तथा अभिलेखिकरण, यसको उद्देश्य, विधि, अभिलेखिकरणले ल्याएको परिणाम र यसको महत्वको बारेमा सहजीरकण गर्नुभएको थियो । दलित अधिकार मञ्चकी संयोजक सृजना पराजुलीले घटनाको अभिलेखिकरणसँगै पीडितहरुले न्याय पाए नभएको अवस्थाका बारेमा पनि अद्यावधिक गरी पीडितको पक्षका थप वकालत गर्न आवश्यक रहेको बताउनु भयो । क्षमता अभिबृद्धि कार्याक्रममा मानव अधिकारको क्षेत्रमा क्रियाशिल सुदुरपश्चिम प्रदेशका डोटी, डडेल्धुरा, दार्चुला, कैलाली र कञ्चनपुर जिल्लाका मानवअ अधिकार समूहका प्रतिनिधि, मानव अधिकारकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
मैनामोती चौधरी