मानव अधिकार रक्षक सञ्जाल पुनरगठन

जाजरकोट । २०७८ फागुन १४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा ०७७ फागुन २४ गते गठन गरिएको जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल ०७८ फागुन १२ गते पुनरठन गरिएको छ । मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाई पिडकलाई कार्वाहीको दायरासम्म पु¥याउने उदेश्यका साथ गठित सञ्जाल पुनः नागरिक अगुवा राजेन्द्र विक्रम शाहको संयोजकत्वमा गठन गरिएको छ ।

बिजया नगरकोटीको सह–संयोजकत्वमा सञ्जालमा केदार बहादुर शाह, राजेन्द्र कार्की, सहदेव बस्नेत, नरिन्ता शाह, जितेन्द्र बुढा, बसुन्धरा विक सदस्य रहनु भएको छ । यस्तै नेपाल बार एसोसिएशनका प्रतिनिधि, नेपाल पत्रकार महासंघ, पाँचतारा युवा संरक्षक मञ्च, पहाडी क्षेत्र विकास अभियान, अपाङ्ग समाज र नगर बाल सञ्जालका प्रतिनिधि सदस्य तथा इन्सेक जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठ सदस्य–सचिव रहेको जिल्ला स्तरीय सञ्जाल पुनरगठन भएको हो । सञ्जालले फागुन १२ गते बैठक बसेर मानव अधिकारका विभिन्न विषयमा जिल्ला स्तरमा वकालत, ध्यानाकर्षण तथा पैरवीका कामहरू गर्ने निर्णय गरेको छ ।

दिनेश कुमार श्रेष्ठ