मानव अधिकार रक्षक सञ्जाल गठन
कपिलवस्तु । २०७७ फागुन २१ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलवस्तुमा फागुन २० गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाईको नेतृत्वमा १३ सदस्य जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालको गठन गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधि सदस्य सचिव रहने र सदस्यहरूमा जिल्ला वार एसोशियशन, नेपाल पत्रकार महासंघ जिल्ला शाखा , गैरसरकारी संस्था महासंघ, उपभोक्ता हित संरक्षण मञ्च, जवाफदेही निगरानी समुह, मानव अधिकार निगरानी समुह, मानव अधिकार एलाइन्स जिल्ला शाखा, दलित महिला संघका प्रतिनिधि सदस्य रहेका छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जकी कार्यक्रम संयोजक सरस्वती मल्लले सञ्जाल गठनको उद्देश्यमाथि प्रकास पार्दै समग्र मानव अधिकारको सवाल र पीडितको न्यायका लागि नागरिक अधिकारका पक्षमा वकालत गर्नका लागी मानव अधिकार सञ्जालको आवस्यकता महसुश गरि गठन गरिएको बताउनु भयो ।
जिल्ला बार एशोसियशनका अध्यक्ष हुमबहादुर कुवरले सशस्त्र द्धन्द्वको समय देखि नै इन्सेकले राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारका विषयमा वकालत र न्यायका लागी काम गर्दे आएकोले अझै परिस्थिति जन्य घटना न्यूनिकरण र पीडितका पक्षमा वकातल गर्न मानव अधिकार सहायता कक्षको आवस्यकता रहेको बताउनु भयो । गैर सरकारी संस्था महांसघका अध्यक्ष प्रविण कुमार श्रीवास्तव, पत्रकार महासंघ जिल्ला सचिव हरि अधिकारी, उपभोक्ताहित सङ्रक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डे, मानव अधिकार निगरानी समुहका संयोजक रामदयाल ठाकुर ,मानव अधिकार निगरानी समुहकी संयोजक पुस्पा रेग्मी, दलित महिला संघकी अध्यक्ष माया नेपाली, मानव अधिकार समुह बाणगङ्गाकी अध्यक्ष इन्द्रा भट्टराई , कृण्ण प्रसाद खनाल इन्दीरा पन्थ, सुमित्रा भट्राई लगायतले मानव अधिकार रक्षक सञ्जालको क्रियाशीलताका लागि कार्ययोजना निर्माण गरी अगाडि बढ्नु पर्ने सुझाव दिनु भयो ।
पार्वती आचार्य