मानव अधिकार समूह गठन

कपिलवस्तु । २०७९ भदौ २७ गते

मायाँदेवी गाउँपालिकामा सम्पन्न भेलाले भदौ २६ गते मानव अधिकार समूह गठन गरेको छ  । इन्सेकद्वारा सञ्चालित आगामी तीन वर्षे परियोजनालाई  प्रभावकारी रुपमा सम्पन्न गर्न मानव अधिकार समूहको गठन गरिएको हो । भेलाले  सतिषप्रसाद पाण्डेयको अध्यक्षतााम ११ सदस्यीय समिती गठन गरेको छ । उपाध्यक्षमा रिखिराम रैदास, सचिवमा सुन्दरी लोनिया, सह सचिवमा जमिल अहम्मद मुसलमान, कोषाध्यक्षमा अब्दुल्लाह मुसलमान चयन हुनु भएको छ । यसैगरी, सदस्यहरूमा डिलिप कुमार बरई, चम्पा केवट, बेलाल अहम्मद मुसलमान , अजिजुद्दिन मुसलमान , जयप्रकाश चौधरी रहेका छन् । कार्यक्रमका मायाँदेवी गाउँपालिकाका प्रमुख वलिउद्दीन मुसलमानले समाज परिवर्तनका लागि मानव अधिकारकर्मीहरूको अहम भूमिका भएको बताउनु भयो । शिक्षा , स्वास्थ्य , लैंगिंक विभेद लगायतका विभिन्न हिंसाहरू विरूद्धमा काम गर्दै आएको इन्सेकले मायाँदेवी गाउँपालिकामा अभियान सञ्चालनका लागि समिती गठन गर्नु महत्वपूर्ण भएको बताउनु भयो ।

प्रमुख मुसलमानले स्थानिय तह भित्र मानव अधिकारका घटना हुन नदिनका लागि  गाउँ टोल तथा वस्ती हुँदै पालिका सम्म मानव अधिकारकर्मीले भूमिका खेल्नुपर्ने बताउदै स्थानिय तहबाट हुने सहयोगमा आफू प्रतिवद्ध रहेको बताउनु भयो । यस्तै समाजिक विकास समितीका संयोजक राघवेन्द्र प्रसाद पाण्डेयले समाजमा आत्महत्या लगायत घटनाहरू बढ्दै गएकोले यसको न्यूनिकरणमा सबैको पहल हुनु पर्ने बताउनु भयो । वडा नं ३ का वडा अध्यक्ष शैलेन्द्र कुमारले नव निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिदै मानव अधिकारकर्मीहरूको साथ र सहयोग अपरिहार्य रहेको बताउनु भयो । समुहका नव निर्वाचित अध्यक्ष सतिषप्रसाद पाण्डेयले आफ्नो कार्यकालमा स्थानिय तह र सरोकारवालासँग समन्वय र सहकार्य गर्दै मानव अधिकार समूहलाई प्रशंसनिय कार्यहरू सहित अगाडी बढाउने प्रतिवद्धता जनाउनु भयो । यसैगरी, कपिलवस्तु नगरपालिकामा भदौ २५ गते मानव अधिकार समूह गठन भएको छ । पुष्पा रेग्मीको अध्यक्षतामा १५ सदस्यीय समिती गठन गरिएको हो ।  उपाध्यक्षमा नूर मोहम्मद मुसलमान, सचिवमा कमलेश त्रिपाठी, सह सचिवमा सन्दिप हरिजन, कोषाध्यक्षमा सरिता कोरी चयन हुनु भएको छ भने सदस्यहरूमा प्रेमप्रसाद थारु, प्रमोदकुमार चौधरी, रिता जिसी , संगिता चौरासिया , संगिता भुषाल, प्रेरणा बिष्ट, औरीराम चौरासिया रहेका छन् । यसैगरी, पशुपतिमणी त्रिपाठीको संयोजकत्वमा तीन सदस्सीय सल्लाहकार समिती चयन गरिएको छ । जसको सदस्यमा भोलाप्रसाद बिश्वकर्मा र बसन्तीकुमारी सिंह रहनु भएको छ ।

 पार्वती आचार्य