मानव अधिकार समूह सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम

बाँके । ०२७९ जेठ १३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको सहकार्य र मानव अधिकार समूह राप्तीसोनारी गाउँपालिकाको आयोजनामा वडा स्तरीय मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम जेठ ११ गतेका सम्पन्न भएको छ । मानव अधिकार समूह गाउँपालिका स्तरमा मात्र रहेकोले  मानव अधिकार समूहको पहलले सबै वडामा मानव अधिकार समूह गठन गरेको छ । तालिमको उद्देश्य माथि स्पष्ट पार्दै इन्सेक लुम्विनी प्रदेश संयोजक भोला महतले गाउँपालिकमा विगत चार वर्षदेखि निरन्तर कार्यक्रम चल्दै आएको र मानव अधिकार समूहले नागरिकको अधिकारकालागि धेरै काम गरेको बताउनु भयो । गठन भएका मानव अधिकार समूहका पदाधिकारीलाई मानव अधिकार, स्थानीय तहसँग कसरी समन्वय गरेर काम गर्न सकिन्छ लगायतको विषयमा जानकारी दिनकोलागि तालिमको आयोजना गरेको संयोजक महतले बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले मानव अधिकारको संरक्षण गर्ने दायित्व राज्यको भएकोले यसको पालना गर्न गराउन भूमिका निर्वाह गर्ने बताउनु भयो । मानव अधिकार समूहलाई समन्वय गरेर लैजाने प्रतिवद्धता पौडेलले जनाउनु भयो । गाउँपालिकाका उपाध्यक्ष मनिसा सिंह थारुले विभिन्न संघ सस्थाको सल्लाह र सुझावलाई मनन गरी कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो । तालिममा सहजीकरण गर्दै राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झङ्करबहादुर रावलले मानव अधिकारका सैद्दान्तिक विषयका साथै आर्थिक, सामाजिक र सांस्कृतिक विषयमा छलफल गर्नु भएको थियो । उक्त तालिममा इन्सेक प्रदेश संयोजक भोला महत, कार्यक्रम फोकल पर्सन सरस्वती मल्ल, जिल्ला सहजकर्ता लक्ष्मी थारु, गाउँपालिका स्तरीय मानव अधिकार समुहका संयोजक धनी वलीले सहजीकरण गर्नु भएको थियो ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज