मानव अधिकार सहायता कक्षलाई निरन्तरता दिन बास्केट फण्ड निर्माण गनुपर्नेमा जोड
बाँके । २०७७ माघ १५ गते
मानव अधिकार सहायता कक्षलाई निरन्तरता दिन बास्केट फण्ड निर्माण गर्नु पर्नेमा जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजना र डिसिएको सहयोगमा माघ १५ गते आयोजित मानव अधिकार सहायता कक्षको बैठकका सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख भोला महतले पीडित सहायता कार्यक्रम एक वर्ष थप भएको बताउदै पीडित सहयोग कार्यक्रमलाई निरन्तरता दिन मानव अधिकार सञ्जालले बास्केट फण्ड निर्माण गर्न सके प्रभावकारी हुने बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत द्वारिका अधिकारीले पीडित सहयोग कार्यक्रमले पीडितलाई न्यायिक प्रक्रियामा जान मद्दत पु¥याएको बताउदै यसलाई निरन्तरता दिनु पर्ने सुझाव दिनु भयो । बैठकमा जिल्ला बार एशोसिएशनका अध्यक्ष जनकबहादुर शाहीले पीडित सहयोगका लागि कानुनी सेवा दिन जिल्ला बार सधै तयार रहेको बताउनु भयो ।

बैठकले १५ वर्षीया बलात्कार पीडित बालिकालाई दश हजार सहयोग गर्ने र अन्तर जातीय विवाहका घर निकाला गरिएकी २० वर्षीया महिला सम्बन्धमा स्थलगत अध्ययन गर्ने निर्णय गरिएको मानव अधिकार सहायता कक्षका सचिवालय सदस्य विनोद पाण्डेले बताउनु भयो । उहाँले मानव अधिकार सहायता कक्षबाट हालसम्म गुल्मीका एक जना, दाङका एक जना रुपन्देहीमा एक जना र बाँकेका पाँच जना गरी आठ जानलाई आर्थिक र कानुनी प्रक्रियामा जान सहयोग गरिएको बताउनु भयो । इन्सेकमा सचिवालय रहने गरी स्थापना भएको सहायता कक्षको सचिवालय सदस्यमा इन्सेकका अधिकृत विनोद पाण्डे राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत द्वारिका अधिकारी, नेपाल बार एशोसिएशन उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ , उच्च बार एशोसिएसनका अध्यक्ष विकास आचार्य , जिल्ला बार एशोसिएशनका अध्यक्ष जनकबहादुर शाहील एडभोकेसी फोरमका संयोजक बसन्त गौतम, गैसस महासंघ जिल्ला शाखा अध्यक्ष नमस्कार शाह , मानव अधिकार एलाइन्सका अध्यक्ष प्रभातकुमार ठकुरी,सिविन नेपालगञ्जका संयोजक शिद्दराज पनेरु , फातिमा फाउण्डेशनका अध्यक्ष मैमुना सिद्दीकी, फेडोका संयोजक दिलिसा गौतम , फियान अधिकृत मुकुन्दबहादुर राना रहेका छन् ।
स्मृति देवकोटा
HUMAN RIGHTS NEWS PORTAL






