मानव बेचबिखनविरुद्ध सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
म्याग्दी । २०८१ भदौ २१ गते
मानव बेचबिखन तथा ओसारपोसार विरुद्धको १८ औं राष्ट्रिय दिवस–२०८१ को अवसर पारेर म्याग्दीमा एक कार्यक्रम ०८१ भदौ २० गते सम्पन्न भएको छ । म्याग्दीमा ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखन विरुद्ध सबैको एक्यबद्धता’ भन्ने मूल नारासहित मानव बेचबिखन विरुद्धको अभियानमा हामी सरोकारवाला निकायको भूमिका विषयक अन्तत्र्रिmया गरिएको हो ।
म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जिल्ला प्रशासन कार्यालय, सामाजिक विकास कार्यालय, म्याग्दी बहुमुखी क्याम्पस, गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दी, मिलन म्याग्दी र मानव अधिकार तथा शान्ति समाज म्याग्दीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपालमा मानव बेचबिखनको वर्तमान अवस्था र म्याग्दी जिल्लाको अवस्थाबारे जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्यायले सहजीकरण गर्दै केही जिल्लाबाट मानव बेचबिखन हुने गरेको बताउनु भयो । उहाँले मानव बेचबिखन धेरै हुने जिल्लाहरूमा मानव अधिकारको प्रत्याभूति दिलाउन तथा मानव बेचबिखन जस्तो जघन्य अपराध गर्नेहरुलाई कानुनी कारबाही गर्ने सवालमा पनि धेरै समस्याहरु झेल्नुपर्ने अवस्था रहेको अनुभव सुनाउनु भयो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले अपराध, मानव बेचबिखनको प्रवृत्ति, समस्या र चुनौती, लागूऔषध, ईमेल तथा इन्टरनेटको प्रयोगमा सामाजिक सञ्जालबाट भैरहेको आर्थिकलगायत विभिन्न प्रकृतिका हिंसा र घटनाहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक रायमाझीले सहजीकरण गर्दै पछिल्लो समय किशोर तथा किशोरीहरुमा लागूपदार्थ दुव्र्यसनीको प्रयोग बढ्दै गएको बताउनु भयो । यस्ता घटनाहरुलाई न्यूनीकरण गर्न प्रहरी एक्लैको प्रयास असम्भव रहेकाले सरोकारवाला निकाय सबैले सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा प्रहरी निरीक्षक रायमाझीले जोड दिनुभयो ।
बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले मानव बेचबिखनलाई निरुत्साहित गर्न शैक्षिक संस्थामार्फत समुदायस्तरमा सचेतना फैलाउनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले मानव अधिकारको सन्दर्भमा आफ्नो अधिकार खोजी गर्दैगर्दा अर्काको अधिकारको बारेमा पनि ध्यान पु¥याउन आवश्यक रहेको बताउँदै म्याग्दीमा पनि विभिन्न माध्यमको प्रयोगबाट मानव बेचबिखन तथा तस्करीको कार्य हुन सक्ने भएकाले सबै चनाखो बन्नुपर्नेमा जोड दिनुभयो ।
सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, म्याग्दी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख टिकाराम सापकोटा, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठ, क्याम्पसका प्राध्यापकहरु, विद्यार्थी, आयोजक संघसंस्थाका प्रतिनिधि लगायतले सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले गर्नु भएको थियो ।
अमृतप्रसाद पौडेल